सशस्त्रमा एआईजी बढुवा हुन चारजना डीआईजीले दिए आवेदन
- गाउँ सहर संवाददाता
- ४ बैशाख आइतबार, २०७९ | १५:१५:०० मा प्रकाशित

काठमाडाैं । सशस्त्र प्रहरीमा रिक्त अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा हुन ४ जना डीआईजीले आवेदन दिएका छन् । चैत ३० मा बढुवा समितिका सदस्य–सचिव आईजीपी पुष्पराम केसीले प्रतिस्पर्धीहरुलार्ई ३ दिने सूचना जारी गरेका थिए ।
सशस्त्र प्रहरीमा एआईजीको १ सिट रिक्त छ । सो सिटमा बढुवा हुन ‘योग्य छौं’ भनेर डीआईजीहरू राजु अर्याल, नारायणदत्त पौडेल, चन्द्रप्रकाश गौतम र वंशीराज दाहालले आवेदन दिएका हुन् । डीआईजी अर्याल बरियताको एक नम्बरमा छन् ।
बरियताको दोस्रो नम्बरमा पौडेल, तेस्रो नम्बरमा सिपी गौतम र चौंथो नम्बरमा दाहाल छन् । अर्याल र नारायणदत्त पौडेल २०५४ चैतमा प्रहरी निरीक्षकमा भर्ना भएका थिए । गौतम २०५२ वैशाखमा सेनाको सह–सेनानीमा भर्ना भएर सशस्त्र प्रहरीमा आएका हुन् ।
अहिले एआईजीमा बढुवा हुने अधिकृत २०७९ वैशाख १८ पछि आईजिपी नियुक्त हुन्छन् । आईजीपीको प्रतिस्पर्धा अन्त्य हुने हुनाले एआईजी बढुवालाई महत्वका साथ हेरिएको छ । सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम केसी वैशाख १८ मा अवकाशमा जाँदैछन् । केसीसँगै एआईजी रामशरण पौडेल पनि अवकाशमा जान्छन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
प्रतिकृया दिनुहोस