नेपाल अडिटर्स एसोसिएसन काठमाडाैँद्वारा NFRS तथा TAX सम्बन्धी एक दिने तालिम कार्यक्रमको आयोजना
- गाउँ सहर संवाददाता
- ३ बैशाख शनिबार, २०७९ | २०:५५:०० मा प्रकाशित

काठमाडाैँ । नेपाल अडिटर्स एसोसिएसन, काठमाडाैँ जिल्ला समितिले काठमाडाैँमा NFRS तथा TAX सम्बन्धी एक दिने तालिम कार्यक्रमको आयोजना गरेको छ ।
उक्त कार्यक्रममा नेपाल चार्टर्ड् एकाउन्टेन्ट् संस्थाका अध्यक्ष एफ सि ए युध्द राज ओलीले नेपालमा लेखापरीक्षकलाई नियमन गर्ने निकाय नेपाल चार्टर्ड् एकाउन्टेन्ट् सन्स्था भएको र आम लेखापरीक्षकहरुले आफ्नो कार्य गर्दा कुशलतापुर्वक गर्नुपर्ने अन्यथा कारबाहीमा परिने र उक्त कारबाही गर्ने निकाय अरु कुनै नभएर ऐनले तोके बमोजिम जिल्ला अदालत सरहको अधिकार सम्पन्न नेपाल चार्टर्ड् एकाउन्टेन्ट् संस्था भएको उल्लेख गरे ।
अडान केन्द्रीय अध्यक्ष मोहन राज् रेग्मीले नेपाल अडिटर्स एसोसिएसन यस्ता कार्यक्रम मार्फत आम लेखा व्यवसायीहरुको सीप विकासमा सदैब लाग्ने कुरामा जोड दिए ।
सोहि कार्यक्रममा बोल्दै राजस्व अनुसन्धान विभागका निर्देशक टंक नाथ पौडेलले राजस्व चुहावट नियन्त्रणमा लेखापरीक्षकको भूमिका हुने र यस्ता तालिमले सहयोग पुग्ने विश्वास ब्यक्त गरे ।
उक्त कार्यक्रममा आन्तरिक राजस्व विभागका निर्देशक प्रकाश पौडेलले NFRS र TAX एक आपसका परिपुरक विषय हुन् त्यसैले हामी सबैले गम्भीरतापुर्वक अध्य्यनशील हुनुपर्ने बताए ।
अडान संस्थापक अध्यक्ष कमल खरेलले लेखा व्यवसायीहरूकाे दक्षता विकासको लागि अडानको तर्फबाट यस्तो कार्यक्रम हरु निरन्तर हुने बताए ।
त्यस्तै अडान उपत्यका अध्यक्ष आत्माराम चापागाईंले यस्तो तालिम विशेष गरी लेखा तयार पार्नेहरुका लागि महत्वपूर्ण हुने बताए ।
अडान काठमाडाैँ सचिव डिल्लीराम सुवेदीले संचालन गरेकाे सो कार्यक्रमको सभापतित्व अडान काठमाडाैँ अध्यक्ष पोशक लाल श्रेष्ठले गर्दै आमन्त्रित तथा सहभागी सबैलाई स्वागत गरेका थिए भने अडान उपाध्यक्ष पुर्ण बहादुर चन्दले सम्पुर्णलाई धन्यवाद दिएका थिए ।
कार्यक्रममा अडान केन्द्रीय पदाधिकारी तथा सदस्यहरुका साथै उपत्यका, ललितपुर, भक्तपुरका पदाधिकारी तथा सदस्यहरुको बाक्लो उपस्थिति देखिन्थ्यो भने कार्यक्रममा अडिटर तथा एकाउन्टेन्ट गरि करिब १५० जनाको सहभागिता रहेको थियो ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
प्रतिकृया दिनुहोस