राजनीति
कांग्रेसले चुनावलक्षित उत्कृष्ट गीत बनाउनेलाई २ लाख ७५ हजार पुरस्कार
- गाउँ सहर संवाददाता
- २ बैशाख शुक्रबार, २०७९ | १९:२६:०० मा प्रकाशित
काठमाडौं । नेपाली कांग्रेसले आगामी स्थानीय तह निर्वाचनलक्षित पार्टीका लागि उत्कृष्ट गीत रचना गर्नेलाई पुरस्कारको घोषणा गरेको छ ।
प्रवक्ता डा. प्रकाश शरण महत नेतृत्वको स्थानीय तह निर्वाचन केन्द्रीय प्रचार–प्रसार समिति अन्तर्गत सांस्कृतिक समन्वय उपसमितिले शुक्रबार विज्ञप्ति जारी गरेर उत्कृष्ट गीत बनाउनेलाई दुई लाख ७५ हजार रुपैयाँ पुरुस्कार दिने घोषणा गरेको हो ।
गीतलाई नेपाली कांग्रेस केन्द्रीय प्रचार–प्रसार सांस्कृतिक समन्वय उपसमितिको फेसबुक म्यासेन्जरमा लिङ्कमा पठाउन सकिने उपसमिति संयोजक डी.बी. गुरुङले जानकारी दिएका छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- चित्रमा हेर्नुहाेस् कार्तिक १२ गते (बिहीबार) देखि कार्तिक १४ गते (शनिबार)सम्मकाे माैसम
- खर्चको विवरण सार्वजनिक गर्नुपर्नेमा समितिको जोड
- कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ, चार केन्द्रीय सदस्यको रोकियो
- पोखरामाथि सुदूरपश्चिमको जित
- तीन महिनामै व्यापार घाटा साढे ५ खर्ब नजिक, ३५ प्रतिशतले वृद्धि
- तीन पटक बत्ती जाँदाको एक दृश्य
- एनपीएल खेलमा आज सुदूरपश्चिम र पोखराबीच प्रतिस्पर्धा हुँदै
- मौसम पूर्वानुमान: डरलाग्दाे चक्रवात ‘अर्नब’ कहिले भित्रिदैछ नेपालमा ?
- लेखनाथ जेसिजको जेसिज सप्ताह–२०२६, विभिन्न कार्यक्रम हुँदै
- भारी हिमपातको जोखिम : कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न आग्रह
प्रतिकृया दिनुहोस