गाउँ सहर

अवैध सुपाडीसहित गाडी र मानिस नियन्त्रणमा

झापा । अवैध सुपाडीसहित गाडी र मानिसलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ ।

मिति २०७८।१२।२९ गते अं १७ः३० बजेको समयमा जिल्ला झापा मेचिनगर नपा वडा नं६ स्थित बुद्दशान्ति बुधबारेबाट काँकरभिट्टा हुँदै तिरिङखोला तर्फ जाँदै गरेको मे १ च ४९८० नं को पिकअप भेनलाई जिप्रका झापा र ईप्रका काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएकाे हाे ।

चेकजाँच गर्दा २९ बोरा ९२ सय केजी सुपाडी अ।मु।रु।५,७०,०००।– ९पाँच लाख सत्तरी हजार०  बराबरको भिसीटिएस नगरी ९भ्याट बिल नभएको० फेला परेकोले उक्त सुपाडी र पिकअप गाडी अमुरु १०,००,०००।– (दश लाख) गरी जम्मा अमुरु १५,७०,०००।– (पन्ध्र लाख सत्तरी हजार) बराबरको र चालक ऐ १ बस्ने बर्ष ४८ को दान बहादुर पोखरेल समेतलाई नियन्त्रणमा लिई आन्तरिक राजश्व कार्यालय ईटहरीमा बुझाईएको प्रनाउ बसन्त पाठकले गाउँ सहर डट कमलाई बताए ।

गाउँ सहर संवाददाता