शिक्षा

माध्यामिक तहको अध्यापन अनुमति पत्रको विज्ञापन खुल्याे

काठमाडाैं । शिक्षक सेवा आयोगले माध्यामिक तहको अध्यापन अनुमति पत्रको विज्ञापन खुलाएको छ ।

इच्छुक उम्मेदवारले आजदेखि बैशाख २९ गतेसम्म दरखास्त भर्न सक्नेछन् । त्यस्तै दोब्बर दस्तुर तिरेर जेठ ५ गतेसम्म दरखास्त दिन सकिनेछ । शिक्षक सेवा आयोगको नियमावली–२०५७ अनुसार तोकिएको न्यूनतम योग्यता र तालिम वा योग्यता पुगेका इच्छुक व्यक्तिले अनलाइन दरखास्त भर्न सक्ने आयोगले जनाएको छ ।

आयोगको वेबसाइट विवरण भर्न सकिनेछ । 

गाउँ सहर संवाददाता