काठमाडाैं । प्रहरीले स्रोत नखुलेको रकमसहित चार जनालाई पक्राउ गरेकाे छ। बिराटनगर महानगरपालिका १५ रानी सिमाबाट स्रोत नखुलेको ३ लाख ८ हजार ५ सय भारतीय रुपैयाँ सहित चार जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हाे ।
पक्राउ पर्नेहरुमा सुनसरी बर्जु गाउँपालिका १ बस्ने ३८ वर्षीय सुरज ऋषिदेव, उनकै श्रीमती ३८ वर्षीया शिव कुमारी ऋषिदेव, भारत सहरसा मानगढ ग्राम पंचायत बस्ने २९ वर्षीय विसुनदेव मुखिया र सोही ठाउँ बस्ने २७ वर्षीय अविनाश मुखिया रहेकाे प्रहरीले जानकारी दिएकाे छ ।
सिमा प्रहरी चौकी रानीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरुको साथबाट उक्त स्रोत नखुलेको भारतीय रुपैँया सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको जनाएकाे छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
प्रतिकृया दिनुहोस