अर्थमन्त्रीलाई सहयोग नगरेपछि गर्भनर हटाइएको हो : प्रधानमन्त्री देउवा
- गाउँ सहर संवाददाता
- २८ चैत सोमबार, २०७८ | १४:०४:०० मा प्रकाशित

काठमाडाैं । प्रधानमन्त्री देउवाले अर्थमन्त्रीलाई गर्भनरले सहयोग नगरेपछि हटाउनु परेको बताएका छन् । सत्तागठबन्धन दलको विहान बालुवाटारमा भएको छलफलमा केही नेताहरुले गर्भनर हटाइनुको कारण र त्यसले पार्ने प्रभावका विषयमा प्रश्न उठाएपछि प्रधानमन्त्रीले गर्भनरले अर्थमन्त्रीलाई सहयोग नगरेका कारण हटाइएको बताएका हुन् ।
‘मुलुकमा आर्थिक सुधारको काममा लाग्नुपर्ने बेलामा अर्थमन्त्रीलाई असहयोग गर्ने गरी जानहुन्छ ? अर्थमन्त्रीलाई यस्तो बेलामा गर्भनरले सहयोग त गर्नुपर्यो नि !’ प्रधानमन्त्रीको भनाई उदधृत गदै सहभागी एक नेताले भने, ‘अर्थमन्त्रीले गर्भनरले असहयोग गर्नुभयो, जे काममा पनि भाजो मात्र हाल्न थाल्नुभयो भन्नुभयो, त्यसपछि गर्भनर निलम्बन गरेर छानविन गर्नुपरेको हो ।′
प्रधानमन्त्रीले सर्वाेच्च अदालतका पूर्व न्यायाधीसकै नेतृत्वमा तीन सदस्यीय छानविन समिति बनेको र समितिले दिएको प्रतिवेदनका आधारमा मात्र सरकारले थप निर्णयमा पुगिने बताए ।
सत्तागठबन्धन दलमा चुनावका मुखमा गर्भरन हटाउँदा त्यसले प्रतिपक्षी दलले खेल्ने मौका पाएको विषय उठेको थियो । बैठकमा प्रतिपक्षी एमालेका तीन जना पूर्व अर्थमन्त्रीले यस सम्वन्धमा सार्वजनिक रुपमा संयुक्त पत्रकार सम्मेलन गरेर सरकारमाथी लगाएको आरोपको प्रतिरक्षा गर्ने गरी अर्थमन्त्रीले पनि आफनो तर्फबाट धारणा दिनुपर्ने बताइएको थियो । सोही कारण उनले आजै दिँउसो ४ वजे मन्त्रालयमै पत्रकार सम्मेलनको आयोजना गरेका छन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस