स्वास्थ्य
शुक्रबार थपिए १२ जना काेराेना सङ्क्रमित, ८९ जनाले गरे स्वास्थ्य लाभ
- गाउँ सहर संवाददाता
- २५ चैत शुक्रबार, २०७८ | १७:०३:०० मा प्रकाशित

काठमाडाैं । देशमा पछिल्लो २४ घण्टामा थप १२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएकाे छ । मन्त्रालयका अनुसार २७ सय २८ जनाको पीसीआर परीक्षण गर्दा १२ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
त्यस्तै, १६ सय २१ जनाको एन्टिजेन परीक्षण गर्दा एक जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । साथै पछिल्लो २४ घण्टामा थप ८९ जना सङ्क्रमित सङ्क्रमणमुक्त भएका छन् ।
बितेकाे २४ घण्टामा मृत्यु शून्य छ भने हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ६६९ जना रहेका छन् । २४ घण्टामा २६ हजार ४५ जनाले खोप लगाएकाे मन्त्रालयले बताएकाे छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
प्रतिकृया दिनुहोस