माैसम : आज तीन प्रदेशमा आंशिक बदली
- गाउँ सहर संवाददाता
- २४ चैत बिहीबार, २०७८ | ०६:३९:०० मा प्रकाशित
काठमाडौं । आज बिहान देशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ । अन्य भू–भागमा मौसम सामान्यतया सफा छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो प्रदेश–१ को पहाडी भू–भागका केही स्थानमा तथा वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङ्सहित क्षणिक वर्षाको सम्भावना छ ।
प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने छ । अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ ।
आज राति प्रदेश–१, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने विभागको पूर्वानुमान छ । प्रदेश–१ को पहाडी भू–भागका थोरै स्थानमा र गण्डकी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्सहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएकाे छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस