माधव नेपालसहित १४ सांसदविरुद्ध मुद्दाको पेसी चैत २७ गते
- गाउँ सहर संवाददाता
- २० चैत आइतबार, २०७८ | १८:२८:०० मा प्रकाशित

काठमाडौं । नेकपा एमालको अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट माधव नेपालसहितका १४ सांसदलाई पद मुक्त गर्न माग गर्दै परेको रिटमाथिको निर्णय आगामी २७ गते हुने भएको छ ।
नेकपा (एस)का अध्यक्ष माधवकुमार नेपालसहितका १४ जना सांसदविरुद्ध ओलीले दायर गरेको मुद्दाको पेसी संयुक्त इजलासमा आइतबार तोकिएको थियो । न्यायाधीशद्वय अनिलकुमार सिन्हा र नहकुल सुवेदीको संयुक्त इजासलमा परेको सो मुद्दामा यसअघि गरिएको आदेशका कारण सुनुवाइ हुन सकेन ।
न्यायाधीश सुवेदीले एकीकृत समाजवादीमा रहेका सोमप्रसाद पाण्डे सम्बन्धित मुद्दामा आफूले आदेश दिएको र ओलीले दायर गरेको मुद्दामा पनि पाण्डे प्रतिवादी रहेकाले हेर्न नमिल्ने जानकारी गराएका थिए । ओलीले दायर गरेको मुद्दा सुनुवाइका लागि चैत २७ गते पेस गर्न न्यायाधीश सिन्हा र सुवेदीको इजलासले आदेश जारी गरेको छ । 'प्रस्तुत मुद्दा इजलासबाट सुनुवाइको मिति तोकि आज पेसी हुन आएको देखिँदा अर्को सुनुवाइको लागि मिति २०७८ चैत २७ गते को पेसी तोकिएको छ,' आदेशमा भनिएको छ ।
ओलीले सभामुख अग्निप्रसाद सापकोटाले एकीकृत समाजवादीका अध्यक्ष नेपालसहितका १४ सांसदमाथि कारबाही कार्यान्वयन नगरेको भन्दै सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए । यसअघि नेपाल पक्षका वकिलले आइतबारको सुनुवाइ सार्नका लागि अघि सारेको निवेदनलाई इजलासले अस्वीकार गरेको थियो ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस