अपराजित रहँदै नेपाल त्रिकोणात्मक टी-ट्वान्टी सिरिजको फाइनलमा (तस्बिरहरू)
- गाउँ सहर संवाददाता
- १९ चैत शनिबार, २०७८ | १९:५५:०० मा प्रकाशित
काठमाडाैं । नेपाल अपराजित रहदै त्रिकोणात्मक टी-ट्वान्टी सिरिजको फाइनल पुगेको छ ।
शनिवार भएकाे चाैथाे खेलमा दीपेन्द्रसिंह ऐरीको सानदार शतकमा नेपालले लगातार चार खेल जितेर फाइनल पुगेकाे हाे । त्यसाे त यसअघि नै फाइनल पुगिसकेको नेपालले शनिबार राउन्ड रोबिन लिगको अन्तिम खेलमा पनि मलेसियालाई ८५ रनले पराजित गर्यो ।
.jpg)
दीपेन्द्रको अविजित १ सय १० रनमा टस हारेपछि ब्याटिङमा आएको नेपालले शनिबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा निर्धारित २० ओभरमा ५ विकेट गुमाई २ सय २३ रन बनाएको थियो । ट्वान्टी २० अन्तर्राष्ट्रियमा नेपालको यो तेस्रो उच्च स्कोर हो ।
जवाफमा आएको मलेसिया १९.५ ओभरमा १ सय ३८ रनमा अलआउट भयो । नेपालले सोमबार पपुवा न्यु गिनी (पीएनजी) सँग फाइनल खेल्ने छ । मलेसिया र पीएनजीले समान ४ खेलमा एउटामा मात्र विजय हात पारे पनि रन रेटमा अगाडि रहेका कारण पीएनजीले नेपालसँग फाइनल खेल्ने मौका पाएको हो ।
.jpg)
वीरनद्वीप सिंहले २६ बलमा ४७ रन बनाए । प्रतियोगितामा पहिलो म्याच खेलिरहेका कमलसिंह ऐरीलाई वीरनद्वीपले पहिलो ओभरमै ४ र करण केसीलाई दोस्रो ओभरको पहिलो दुई बलमै चौका प्रहार गरि मलेसियालाई आक्रामक सुरुआत दिलाएका थिए । वीरनद्वीपले कुल ९ चौका प्रहार गरे ।
कप्तान अहमद फैजले ३१ बलमा ३ चौका प्रहार गरी ३३ रन बनाए । अइनुल हफिज १८ र सैयद अजिज १७ रनमा आउट भए ।
सन्दीपले ४ ओभरमा १९ रन खर्चेर ३ विकेट लिए । दीपेन्द्रसिंह ऐरीले ३ ओभरमा २४ रन खर्चेर २ विकेट लिए । कमलले २ ओभरमा २० रन खर्चेर २ विकेट लिए । दीपेन्द्र र रोहित पौडेलको नाममा १/१ विकेट रहयो ।
.jpg)
दीपेन्द्र ट्वान्टी २० अन्तर्राष्ट्रियमा शतक बनाउने चौथो नेपाली खेलाडी बनेका छन् । नेपालबाट यसअघि ट्वान्टी २० अन्तर्राष्ट्रियमा पारस खड्का, ज्ञानेन्द्र मल्ल र कुशल भुर्तेलले शतक बनाएका थिए । पारससँगै दीपेन्द्र एकदिवसीय अन्तर्राष्ट्रिय र ट्वान्टी २० अन्तर्राष्ट्रियमा शतक बनाउने खेलाडी बने ।
दीपेन्द्रले अन्तिम ओभरमा लगातार दुई छक्का प्रहार गर्दै आफ्नो शतक पुरा गरेका थिए । उनले ५७ बलको इनिङ्समा १० चौका र ६ छक्का प्रहार गरे । दीपेन्द्रले र रोहित पौडेलले तेस्रो विकेटमा ९६ रनको साझेदारी गरे । रोहित ३४ बलमा ५१ रन बनाई आउट भए । उनले ५ चौका प्रहार गरे । ट्वान्टी २० अन्तर्राष्ट्रियमा यो उनको पहिलो अर्धशतक हो ।
ओपनरद्धय कुशल भुर्तेल र आसिफ शेख क्रमशः १२ र १८ रनमा आउट भएका थिए । रोहित आउट भएपछि आएका आरिफ शेखले २ रनमात्र बनाउन सके । इनिङ्सको अन्तिम बलमा रनआउट भएका मोहम्मद आदिल अलामले ९ बलमा १४ रन बनाए ।
थप तस्बिरहरू
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
तस्बिर - क्यान
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- तीन पटक बत्ती जाँदाको एक दृश्य
- एनपीएल खेलमा आज सुदूरपश्चिम र पोखराबीच प्रतिस्पर्धा हुँदै
- मौसम पूर्वानुमान: डरलाग्दाे चक्रवात ‘अर्नब’ कहिले भित्रिदैछ नेपालमा ?
- लेखनाथ जेसिजको जेसिज सप्ताह–२०२६, विभिन्न कार्यक्रम हुँदै
- भारी हिमपातको जोखिम : कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न आग्रह
- चितवनको विजयी सुरुवात, विराटनगरको हार
- नेप्से सूचक झिनो अंकले उकालाे, कारोबार रकम साढे ५ अर्ब माथि
- मौलिक संस्कृति संरक्षणको सन्देशसहित ‘गाउँघरै घमाइलो’ सार्वजनिक
- भोटेकोशी बाढीबाट भएको क्षतिमा २० अर्ब ९० करोडको बीमा दाबी, भुक्तानी २३ करोड मात्रै
- एनपीएलको उद्घाटन खेलमा सुदूरपश्चिम ८७ रनमै अलआउट
प्रतिकृया दिनुहोस