गाउँ सहर
स्रोत नखुलेको ८ लाख नगदसहित दुईजना पक्राउ
- गाउँ सहर संवाददाता
- १८ चैत शुक्रबार, २०७८ | १५:२८:०० मा प्रकाशित
काठमाडाैं । प्रहरीले स्रोत नखुलेको रकम सहित दुईजनालाई पक्राउ गरेको छ । महोत्तरीको सोनमा गाउँपालिका–३ स्थित नेपाल भारत सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले स्रोत नखुलेको रकम सहित दुईजनालाई पक्राउ गरेको हाे । पक्राउ पर्नेमा सोनमा गाउँपालिका घर भएका २४ वर्षीय सुनिल महतो र २६ वर्षीय अनिल महतो रहेका छन् ।
आरोपीहरुको साथबाट ८ लाख १५ हजार नगद बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ । रघुनाथपुर बीओपीबाट खटिएको टोलीले प्रदेश–२–०२–००२ प ९३५ नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई चेकजाँच गर्दा स्रोत नखुलेको रकम फेला परेको थियो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेकाे बताएकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित
- चीनको तिब्बतमा पुन: ड्याम फुट्यो, सतर्कता अपनाउन आग्रह
- आज जनैपूर्णिमा र रक्षाबन्धन पर्व मनाइँदै, यसकारण लगाइन्छ जनै र रक्षाबन्धन
- विपत्तिमा कोटेश्वर क्याम्पसको साथ, बाढीपीडितका लागि ५१ हजार सहयोग
- सर्वदलीय बैठक: १० बुँदे सर्वदलीय संकल्प, उच्चस्तरीय सर्वदलीय संयन्त्र गठन
- भोटेकोशी बाढी प्रभावितका नाममा जथाभावी आर्थिक सहयोग संकलन नगर्न र नगराउन आग्रह
- ‘यो कठिन घडीमा तपाईंहरू एक्लो हुनुहुन्न’ : बाढीपीडितलाई प्रधानमन्त्री शाहको ढाडस
- डीडीसीले सुरु गर्यो घिउ निर्यात
- नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पर्वत कुमार कार्की
- बागमतीमा ६ मन्त्रीले लिए शपथ
प्रतिकृया दिनुहोस