गाउँ सहर
ग्यास बुलेट ट्यांकरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
- गाउँ सहर संवाददाता
- १८ चैत शुक्रबार, २०७८ | १३:३१:०० मा प्रकाशित
काठमाडाैं । ग्यास बुलेट ट्यांकरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । काठमाडौंको महाँकालमा ग्यास बुलेट ट्यांकरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको हाे ।
ठक्करबाट गम्भीर घाइते भएका काठमाडौं महानगरपालिका–१ का ६४ वर्षीय गुलाम मोहम्मदको उपचारका क्रममा वीर अस्पतालमा बिहीबार बेलुका ७ बजे मृत्यु भएको प्रहरीले जानकारी दिएकाे छ ।
मोहम्मदले चलाएको बा६४प ६३८० नम्बरको मोटरसाइकललाई वाग्मती प्रदेश ०३ ००१ क ०५५१ नम्बरको ग्यास बुलेटले हिजो साँझ करिब पौने ६ बजे ठक्कर दिएको थियो । बुलेट चालकलाई प्रहरी वृत्त जनसेवाले नियन्त्रणमा लिएको छ ।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेकाे बताएकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भाेटेकाेशी बाढी : विभिन्न जिल्लामा ७३४ जनाको शव फेला
- धादिङको कृष्णभिरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध
- भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी हालसम्म ६६९ जनाको शव फेला
- भोटेकोशी बाढीपीडितका लागि काठमाडौं महानगरले ४ करोड ५४ लाख सहयोग गर्ने
- कांग्रेस इतर समूहले १५औँ महाधिवेशनको कार्यतालिका ल्याउन बोलायो बैठक
- अन्तर्राष्ट्रिय सहयोगको अपिल गर्दै सरकारद्वारा विपद् व्यवस्थापनमा तीव्रता
- विपद्ले टुटाएको धादिङवेँसीको सडक सम्बन्ध वैकल्पिक मार्गले जोड्यो
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई प्राइम कमर्सियल बैंकको ३ करोड १ लाख रुपैयाँ सहयोग
- बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको द्रुत सेवा पुनरुत्थान र राहत प्रयास
- त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित
प्रतिकृया दिनुहोस