अर्थतन्त्र

शुक्रबार यस्ताे छ सुनचाँदीकाे बजार मूल्य

काठमाडाैं । नेपाली बजारमा सुनको मूल्य शुक्रबार आठ सय रुपैयाँले बढेको छ । शुक्रबार छापावाल सुनको भाउ तोलामा आठ सय रुपैयाँले वृद्धि भएर ९९ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएकाे छ । 

बिहीबार सुन तोलाको ९८ हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो ।

शुक्रबार तेजावी सुनको मूल्य तोलाको ९९ हजार दुई सय रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ १० रुपैयाँ बढेको छ । बिहीबार एक हजार तीन सय ५० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार एक हजार तीन सय ६० रुपैयाँ निर्धारण भएको महासंघले बताएकाे छ । 

गाउँ सहर संवाददाता