चुनावी तालमेल स्थानीय आवश्यकता अनुसार गर्ने कांग्रेसको निर्णय
- गाउँ सहर संवाददाता
- १५ चैत मंगलबार, २०७८ | १७:४५:०० मा प्रकाशित
काठमाडाैं । नेपाली कांग्रेसले स्थानीय तह चुनावमा अरू दलहरूसँग चुनावी तालमेल गरेर जाने निर्णय गरेको छ ।
आज सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले गठबन्धन गरेर जाने निर्णय गरेको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए ।
उनले भने, ‘पार्टीले गठबन्धनको पक्षमा नीतिगत निर्णय गरेको छ । स्थानीय परिस्थिति र आवश्यकता अनुसार गठबन्धन हुने छ । त्यसका लागि सम्बन्धित निकायमा संयन्त्र बन्ने छ ।’ त्यसले गठबन्धनलाई व्यवहारिक रुपमा अगाडि बढाइने उनको भनाइ छ ।
त्यस्तै, नेपाली काँग्रेसले स्थानीय तह निर्वाचनका लागि विभिन्न समिति गठन गरेको छ । मंगलबार बसेको केन्द्रीय समिति बैठकले निर्वाचन परिचालन समिति र निर्वाचन प्रचार प्रसार समिति गठन गरेको हो । उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन भएको छ ।
यस्तै प्रवक्ता डा.प्रकाशशरण महतको संयोजकत्वमा निर्वाचन प्रचार प्रसार समिति गठन गरिएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भाेटेकाेशी बाढी : विभिन्न जिल्लामा ७३४ जनाको शव फेला
- धादिङको कृष्णभिरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध
- भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी हालसम्म ६६९ जनाको शव फेला
- भोटेकोशी बाढीपीडितका लागि काठमाडौं महानगरले ४ करोड ५४ लाख सहयोग गर्ने
- कांग्रेस इतर समूहले १५औँ महाधिवेशनको कार्यतालिका ल्याउन बोलायो बैठक
- अन्तर्राष्ट्रिय सहयोगको अपिल गर्दै सरकारद्वारा विपद् व्यवस्थापनमा तीव्रता
- विपद्ले टुटाएको धादिङवेँसीको सडक सम्बन्ध वैकल्पिक मार्गले जोड्यो
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई प्राइम कमर्सियल बैंकको ३ करोड १ लाख रुपैयाँ सहयोग
- बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको द्रुत सेवा पुनरुत्थान र राहत प्रयास
- त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित
प्रतिकृया दिनुहोस