अर्थतन्त्र

आइतबार यस्ताे छ सुनचाँदीकाे बजार मूल्य

काठमाडाैं । आज सुनचाँदीको मूल्य स्थिर रहेकाे छ । गत शुक्रबार कारोबार भएकै मूल्यमा आज सुन र चाँदीको मूल्य कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएकाे छ । जसअनुसार, आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९ हजार रुपैयाँ छ । यस्तै, तेजाबी सुन प्रतितोला १ लाख ४ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएकाे छ ।

गत शुक्रबार सुनको मूल्यमा ६०० को वृद्धि आएको थियो । तोलामा ६०० रुपैयाँले बढेसँगै छापावाल सुनको मूल्य १ लाख ९ सय र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ४ सय रुपैयाँ कायम थियो ।

गाउँ सहर संवाददाता