काठमाडाैं । ७ लाख ६१ हजार फाइजर खोप काठमाडाैंमा आइपुगेको छ । कोरोना भाइरसविरुद्धको ७ लाख ६१ हजार मात्रा फाइजर खोप नेपाल आइपुगेको हाे ।
अमेरिकी सरकारको सहयोगमा कोभ्याक्स सुविधाअन्तर्गत ७ लाख ६१ हजार मात्रा फाइजर खोप शुक्रबार बिहान काठमाडाैं आइपुगेको स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाअन्तर्गत आपूर्ति शाखा प्रमुख सुरेन्द्र चौरसियाले जानकारी दिएका छन् ।
अमेरिकी सरकारले ९२ लाख डोज दिने घोषणा गरेको छ । ‘शुक्रबार आएको खोप पहिलो खेप हो। बाँकी क्रमशः आउनेछ,’ चौरसियाले भने - विभागका अनुसार २८ मार्चमा थप ८ लाखको फाइजर खोप आउने कार्यतालिका छ ।
फाइजर खोप १२ वर्षभन्दा उमेरका नागरिकलाई दिइनेछ । पछिल्लो तथ्यांकअनुसार ६० लाख डोज खोप भण्डारणमा छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
प्रतिकृया दिनुहोस