स्वास्थ्य
७ लाख ६१ हजार फाइजर खोप काठमाडाैं ७ लाख ६१ हजार फाइजर खोप
- गाउँ सहर संवाददाता
- ११ चैत शुक्रबार, २०७८ | १५:४६:०० मा प्रकाशित
काठमाडाैं । ७ लाख ६१ हजार फाइजर खोप काठमाडाैंमा आइपुगेको छ । कोरोना भाइरसविरुद्धको ७ लाख ६१ हजार मात्रा फाइजर खोप नेपाल आइपुगेको हाे ।
अमेरिकी सरकारको सहयोगमा कोभ्याक्स सुविधाअन्तर्गत ७ लाख ६१ हजार मात्रा फाइजर खोप शुक्रबार बिहान काठमाडाैं आइपुगेको स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाअन्तर्गत आपूर्ति शाखा प्रमुख सुरेन्द्र चौरसियाले जानकारी दिएका छन् ।
अमेरिकी सरकारले ९२ लाख डोज दिने घोषणा गरेको छ । ‘शुक्रबार आएको खोप पहिलो खेप हो। बाँकी क्रमशः आउनेछ,’ चौरसियाले भने - विभागका अनुसार २८ मार्चमा थप ८ लाखको फाइजर खोप आउने कार्यतालिका छ ।
फाइजर खोप १२ वर्षभन्दा उमेरका नागरिकलाई दिइनेछ । पछिल्लो तथ्यांकअनुसार ६० लाख डोज खोप भण्डारणमा छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित
- चीनको तिब्बतमा पुन: ड्याम फुट्यो, सतर्कता अपनाउन आग्रह
- आज जनैपूर्णिमा र रक्षाबन्धन पर्व मनाइँदै, यसकारण लगाइन्छ जनै र रक्षाबन्धन
- विपत्तिमा कोटेश्वर क्याम्पसको साथ, बाढीपीडितका लागि ५१ हजार सहयोग
- सर्वदलीय बैठक: १० बुँदे सर्वदलीय संकल्प, उच्चस्तरीय सर्वदलीय संयन्त्र गठन
- भोटेकोशी बाढी प्रभावितका नाममा जथाभावी आर्थिक सहयोग संकलन नगर्न र नगराउन आग्रह
- ‘यो कठिन घडीमा तपाईंहरू एक्लो हुनुहुन्न’ : बाढीपीडितलाई प्रधानमन्त्री शाहको ढाडस
- डीडीसीले सुरु गर्यो घिउ निर्यात
- नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पर्वत कुमार कार्की
- बागमतीमा ६ मन्त्रीले लिए शपथ
प्रतिकृया दिनुहोस