नेपाललाई २९३ रनको लक्ष्य
- गाउँ सहर संवाददाता
- ११ चैत शुक्रबार, २०७८ | १४:०१:०० मा प्रकाशित

काठमाडाैं । पपुवा न्यूगिनीविरुद्धको एक दिवसीय क्रिकेट जित्न नेपालले २ सय ९३ रनको लक्ष्य पाएको छ ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पाहुना टोली पीएनजीले पूरै ५० ओभर खेलेर ८ विकेट गुमाउँदै २सय ९२ रन बनायो । नेपालविरुद्धको एक दिवसीय क्रिकेटमा कुनै पनि टिमले बनाएको यो अहलेसम्मकै उच्च स्कोर हो ।
पीएनजीमा लागि चार्ल्स अमिनीले सर्वाधिक ७७ रन बनाए । यस्तै कप्तान असद भालाले ६०, नोर्मन भानुअले ४७, टोली उराले ३८ र रिले हेकुरेले ३१ रन बनाए । बलिङतर्फ नेपालका कमल ऐरी, सोमपाल कामी, दिपेन्द्र सिंह ऐरीले समान २ विकेट लिए । यस्तै सन्दीप लामिछाने र पवान सराफले एक एक विकेट लिएका छन् ।
पहिलो विकेट चाँडो गुमाएको पीएनजीले त्यसपछि संयमित भएर ब्याटिङ्ग गर्यो । टोनी उरा र कप्तान असद भालाले दोस्रो विकेटका लागि ४९ रनको साझेदारी गरे । दीपेन्द्र सिंह ऐरीले ३८ रन बनाएका पीएनजीका ओपनर उरालाई १३ ओभरको अन्तिम बलमा भीम सार्कीबाट क्याचआउट गराए । सार्कीको यो दोश्रो एक दिवसीय खेल हो ।
असद भाला ६० रन बनाएर २६ औं ओभरको पहिलो बलमा आउट भए । उनले तेस्रो विकेटका लागि चार्ल्स अमिनीसँग ७४ रनको साझेदारी गरे ।
सन्दीपले २७ औं ओभरमा कुशल भुर्तेलबाट उनलाई क्याचआउट गराए । पाँचौँ विकेटका लागि अमिनी र रिले हेकुरेबीच ६१ रनको साझेदारी भयो । ४२ औं ओभरमा पवनले ३१ रन बनाएका रिलेलाई बोल्ड गरे ।
छैटौं विकेटका लागि अमिनीले नन भानुअसँग ४८ रनको साझेदारी गरे । ७७ रन बनाएका अमिनीलाई ४६ औं ओभरमा सोमपालले बोल्ड गरे । अमिनीले १०३ बल खेल्दै ६ चौका १ छक्का प्रहार गरे । अन्तिम ओभरमा कमलले भानुअ र सिमोन अटाईलाई आउट गरे र आफ्नो नाममा दुई विकेट लेखाउन सफल भए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
प्रतिकृया दिनुहोस