नेकपा एमाले देशको सबैभन्दा पुरानो र मूलधार बोकेको पार्टी हो : अध्यक्ष ओली
- गाउँ सहर संवाददाता
- ९ चैत बुधबार, २०७८ | १६:१३:०० मा प्रकाशित

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको मुख्य पार्टी एमाले भएको दाबी गरेका छन् । एमालेको बुधबारको केन्द्रीय कमिटि बैठकमा बोल्दै उनले एमालेको विषयमा गलत प्रचार भएको जनाएका छन् ।
‘नेकपा एमाले देशको सबैभन्दा पुरानो र मूलधार बोकेको पार्टी हो भन्न कुनै अप्ठेरो छैन,’ ओलीले भने, ‘थुप्रै कुरा भ्रमपूर्ण प्रचार भएका छन् । जनविरोधी प्रचार भएका छन् । इतिहास त्यसैगरी रचना गरिएको छ ।’
उनले एमालेसँग इतिहासको विरासत रहेको बताए । एमालेको काँधमा आजका समस्या र चुनौतको सामान गर्नुपर्ने अभिभारा मात्र होइन देशलाई समाजवाद निर्माणसम्म पुर्याउने अभिभारा समेत रहेको उनले जनाए ।
उनले भने - ‘कम्युनिस्ट पार्टीहरु मध्ये एमाले ठूलो भन्ने शब्दावली भूलवश, नियतवश निकालिएको छ । एमाले देशको प्रमुख राजनीतिक पार्टी हो । वर्तमानको जनविश्वा, जननिर्वाचित संस्था, राष्ट्रलाई अघि बढाउने नीतिका हिसावले हामी प्रमुख पार्टी हौं ।'
बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टी स्थापना दिवसको अवसर पारेर घोषणापत्र सार्वजनिक गर्ने जानकारी दिए ।
स्थानीय तहले केन्द्रीय नीतिको मार्गदर्शन र केन्द्रले तयार गरेको ढाँचामाथि आधारित रहेर उपलब्धि, पार्टी पराजित भएका ठाउँमा विगतमा पार्टीले गरेका प्रतिबद्धता र विपक्षीले विजय हासिल गरेका कारण समेटेर प्रतिबद्धतापत्र तयार गर्नुपर्ने भएको छ ।
सो प्रतिवेदन पनि वैशाख ९ गते सार्वजनिक गर्ने ओलीको राजनीतिक प्रतिवेदनमा उल्लेख छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राष्ट्रसंघले भन्यो, नेपालको शान्ति र प्रगतिप्रति साथ छ
- नेपालमा नयाँ अन्तरिम सरकार गठनको भारतद्वारा स्वागत
- नयाँ प्रधानमन्त्री सुशीला कार्की, प्रतिनिधि सभा विघटन, फागुन २१ गते बिहीबार निर्वाचन
- भायानेटले इन्टरनेट र viaTV सेवा सामान्य स्तरमा फर्कायाे, भन्याे- ग्राहकहरूले देखाएको धैर्य, बुझाइ, र विश्वासका लागि धन्यवाद
- जेन्जी आन्दोलनका क्रममा मृत्यु भएकाहरूको दाहसंस्कार गरियाे
- जेन जी आन्दोलनमा देशभर ५१ जनाको मृत्यु पुष्टी
- जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३६ पुग्याे
- हालसम्म १५६७ कैदीबन्दी र थुनुवा नियन्त्रणमा, अझै १२ हजार ५३३ जना फरार
- यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
- कारागारबाट भागेका ९० कैदीबन्दी पक्राउ
प्रतिकृया दिनुहोस