गाउँ सहर
यातायात व्यवस्था विभागका सम्पूर्ण सेवा अनिश्चितकालका लागि बन्द (सूचनासहित)
- गाउँ सहर संवाददाता
- ९ चैत बुधबार, २०७८ | १४:५९:०० मा प्रकाशित

काठमाडाैं । यातायात व्यवस्था विभागका सम्पूर्ण सेवा अनिश्चितकालका लागि बन्द गरिएकाे छ । विभागले सर्भरमा आएको समस्याका कारण आज बेलुकादेखि सबै सेवा अर्को सूचना नभएसम्मका लागि स्थगित गरेको जानकारी दिएकाे छ ।
सेवा अवरोध सम्बन्धी सूचना प्रकाशित गर्दै विभागले भनेको छ, “विभागका सर्भरहरुमा विद्युतीय समस्या देखिएको र सो समस्या समाधान गर्न आज अपराह्न ५ बजेदेखि उक्त समस्या समाधान नभएसम्मका लागि यातायात कार्यालयहबाट प्रदान गरिने सबै सेवाहरु अवरुद्ध हुने व्यहोरा जानकारीका लागि अनुरोध छ । यसबाट सेवाग्राहीलाई हुन जाने असुविधाप्रति विभाग क्षमाप्राथी छ ।”
विभागका सूचना अधिकारी डा. लोकनाथ भुसालले सूचना जारी गर्दै भनेका छन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नयाँ प्रधानमन्त्री सुशीला कार्की, प्रतिनिधि सभा विघटन, फागुन २१ गते बिहीबार निर्वाचन
- भायानेटले इन्टरनेट र viaTV सेवा सामान्य स्तरमा फर्कायाे, भन्याे- ग्राहकहरूले देखाएको धैर्य, बुझाइ, र विश्वासका लागि धन्यवाद
- जेन्जी आन्दोलनका क्रममा मृत्यु भएकाहरूको दाहसंस्कार गरियाे
- जेन जी आन्दोलनमा देशभर ५१ जनाको मृत्यु पुष्टी
- जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३६ पुग्याे
- हालसम्म १५६७ कैदीबन्दी र थुनुवा नियन्त्रणमा, अझै १२ हजार ५३३ जना फरार
- यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
- कारागारबाट भागेका ९० कैदीबन्दी पक्राउ
- सुशीला कार्कीलाई अन्तरिम सरकार प्रमुख बनाउने सहमति
- सुरक्षा परिस्थितिको आधार देखाउँदै नेपाली सेनाले उपत्यकामा कर्फ्यू समय थप्याे
प्रतिकृया दिनुहोस