राजनीति

कांग्रेस रामेछाप प्रदेशसभा ‘ख’ ले सबै स्थानीय तहमा खटायाे प्रतिनिधि (नामावलीसहित)

रामेछाप । नेपाली कांग्रेस प्रदेश सभा 'ख' क्षेत्रीय कार्यसमिति रामेछापले चुनाव केन्द्रित कार्यक्रमका लागि सबै स्थानीय तहमा प्रतिनिधि खटाएकाे छ । 

कांग्रेस केन्द्रिय कार्यसमितिको निर्देशन अनुसार यहि फागुन २९ देखि चैत २१ गतेसम्म हुन लागेको 'घर घर जाऔँ- नेपाली कांग्रेस जिताऔँ' भन्ने अभियानलाई सफल बनाउन क्षेत्रीय कार्यसमितिले 'ख' प्रदेश सभाका ३२ वटै स्थानीय तहमा संयाेजक ताेकिएकाे प्रवक्ता शिवराज खड्काले जानकारी दिए । 

प्रवक्ता खड्काका अनुसार प्रदेश सभा 'ख' का उपसभापति द्वय पुर्णबहादुर सुवेदी र बाबुराम लामालाई क्रमश: मन्थली नगरपालिका र सुनापति गाउँपालिकाकाे संयाेजक ताेकिएकाे छ भने दाेरम्बा शैलुङ गाउँपालिकामा काेषाध्यक्ष शंकरलाल याेञ्जन, तथा खाँडादेवी गाउँपालिकामा रामकृष्ण ढुंगेललाई संयोजकको जिम्मेवारी दिइएको छ ।

संयाेजक तथा प्रतिनिधिहरूले अभियानको क्रममा नगरपालिका र पालिकामा तहमा पुगेर स्थानीय निर्वाचन केन्द्रित कांग्रेसका रणनीति, कांग्रेसले विकास निर्माणमा खेलेको भूमिका, पालिका तथा वडामा संगठन विस्तारका लागि संचालन गर्नुपर्ने क्रियाकलाप र मतदाताहरुको धारणा समेतलाई बुझ्ने बताइएकाे छ । 

साथै पार्टीले संचालन गरेका विभिन्न गतिविधिहरुका बारेमा पनि अभियानमा कार्यकर्ताहरुलाई प्रशिक्षित गराउने योजना प्रवक्ता खड्काले बताए । 

प्रदेश सभा 'ख' क्षेत्रीय कार्यसमितिले यहि चैत्र ५ गते ३२ वटै वडाका सभापति, उपसभापति, सचिव, सहसचिव, काेषाध्यक्ष एवं सदस्यहरु, पालिका, प्रदेश क्षेत्रीय कार्य समिति, क्षेत्रीय कार्य समिति, जिल्ला कार्य समितिका पदाधिकारी तथा सदस्यहरु, महाधिवेशन प्रतिनिधि लगायतका नेता तथा कार्यकर्ताहरु गरि चार सय जनालाई एक दिने बृहत प्रशिक्षण कार्यक्रम गरि प्रशिक्षित गरेकाे थियाे ।

“नेपाली कांग्रेसको घर घर जाऔँ, कांग्रेस जिताऔँ” अभियानको लागि खटिएका प्रतिनिधिहरूले जिल्ला कार्यसमितिले खटाइएको प्रतिनिधि र पालिका सभापतिसँग समन्वय गरेर निर्वाचन केन्द्रित कांग्रेसका रणनीति तथा मतदातासँग छलफल गर्ने सभापति राजेश कुमार श्रेष्ठले बताए । 

सभापति श्रेष्ठले भने-"स्थानीय तहको निर्वाचनमा पार्टीलाई पहिलो बनाउने प्रतिबद्धतासहित अभियानमा जुटन प्रदेश सभा 'ख' ले ३२ वटै वडामा प्रतिनिधिहरू खटाएकाे छ । उहाँहरूले मतदाताकाे मनाेविज्ञानदेखि सम्भावित उम्मेद्वारहरू, कांग्रेस पार्टी र अन्य पार्टीकाे पाेजिसन, जनतामा रहेकाे विभिन्न भ्रमहरूलगायत विषयमा मिहीन रूपमा केलाउन सहयाेग पुग्नेछ । साथै वडा तहसम्म नेताहरू पुग्नाले मतदाता र पार्टी कार्यकर्ताबीच भावनात्मक र सामिप्यता कायम गर्न सहयाेग पुग्नेछ । त्यसैले हामीले सबै स्थानीय तहमा प्रतिनिधि पठाएका छाैं ।" 

कसलाई कहाँ ?

१.            पुर्णबहादुर सुवेदी            मन्थली नगरपालिका
२.            रामकृष्ण ढुंगेल               खाँडादेवी गाउँपालिका
३.            बाबुराम लामा                सुनापति गाउँपालिका
४.            शंकरलाल योञ्जन            दोरम्बा गाउँपालिका

मन्थली नगरपालिका
वडा १         कविता थापा
वडा २        गुञ्ज बहादुर श्रेष्ठ
वडा ६        भेष बहादुर थापा
वडा ७        निर्माण माझी
वडा ८        मनोज श्रेष्ठ
वडा ९        टाँसी लामा
वडा १०       कपिल कार्की
वडा ११       यम घिसिङ
वडा १२      सुन्दर घिमिरे  
वडा १३      ज्ञानेन्द्रराज आरण
वडा १४      कान्छिमाया तामाङ

सुनापति गाउँपालिका                        
वडा १         प्रविण थापा                  
वडा २        बेन बहादुर थापामगर                
वडा ३        शान्ति मोक्तान                    
वडा ४        आँधी लामा (सनक)                   
वडा ५        युवराज लामा                  
                                
खाँडादेवी गाउँपालिका                    
वडा १         बालगोपाल श्रेष्ठ                
वडा २        शंकरदास श्रेष्ठ                      
वडा ३        जानुका कार्की                        
वडा ४        प्रमिला वि.क.                    
वडा ५        सुजन ढुंगेल            
वडा ६        सौरव के. सी.                
वडा ७        रामकृष्ण ढुंगेल        
वडा ८        रामहरी खड्का        
वडा ९        ज्योतेन्द्र भण्डारी    

दोरम्बा शैलुङ गाउँपालिका    
वडा १         तारा मोक्तान
वडा २        शंकरलाल योञ्जन
वडा ३        सुवास जंग थापा    
वडा ४        शकुन्तला त्रिपाठी
वडा ५        ज्ञानबहादुर सार्की
वडा ६        शिवराज खड्का
वडा ७        सागर योञ्जन                    

गाउँ सहर संवाददाता

तपाईँको मत