स्वास्थ्य

नेपालमा काेराेना : ४४ जनामा संक्रमण पुष्टि, ४८१ जनाले गरे स्वास्थ्य लाभ

काठमाडाैं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएकाे छ ।

मन्त्रालयका अनुसार ४४९५ पीसीआर परीक्षणमा ३५ जना र २ हजार ९९ एन्टीजेन परीक्षणमा ९ जना गरी ४४ जनामा संक्रमण पुष्टि भएको हो । साेही अवधिमा काेराेनाका कारण एक जनाकाे मृत्‍यु भएको छ ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट ४८१ जना निको भएका छन् भने हाल देशभर २६८८ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्‍ये २६३७ जना होम आइसोलेसनमा रहेका छन् भने ५१ जना संस्थागत आइसोलेसनमा रहेकाे मन्त्रालयले जनाएकाे छ । 

 कोरोनाका बिरामीमध्ये २३ जना आईसीयू र २ जना भेन्टिलेटरमा उपचाररत् रहेकाे मन्त्रालयले बताएकाे छ । 

गाउँ सहर संवाददाता