अधिग्रहण गरिएका घरजग्गा खाली गर्न एमसीसीकाे ३५ दिने सूचना जारी (सूचनासहित)
- गाउँ सहर संवाददाता
- ८ चैत मंगलबार, २०७८ | १४:१४:०० मा प्रकाशित

काठमाडाैं । अधिग्रहण गरिएका घरजग्गा खाली गर्न एमसीसी सूचना जारी गरेकाे छ । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पाेरेसन एमसिसी परियोजना अन्तर्गतका सब-स्टेशन बनाउन नुवाकोटमा अधिग्रहण गरिएका घरजग्गा खाली गर्न एमसीए नेपाल कार्यालयले सार्वजनिक सूचना जारी गरेको हाे ।
नुवाकोटमा अधिग्रहणमा परेका घर जग्गा घ५ दिनभित्र खाली गरिसक्न एमसीए नेपाल कार्यालयले सार्वजनिक सूचना जारी गरेको छ ।
मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति काठमाडौंले आज सूचना निकालेर अधिग्रहण गरिएका जग्गामा सब-स्टेशन निर्माणका लागि तारबार गर्ने कार्य अगाडि बढाउन लागिएको पनि जनाएको छ ।
‘अधिग्रहण गरिएका जग्गामा स्वीकृत कार्यक्रमअनुसार सब-स्टेशन निर्माण गर्न तारबार गर्ने कार्यलाई अघि बढाउन मुआब्जालगायत क्षतिपूर्ति तथा पुनर्वास सहायता रकम बुझिसकेका महानुभावले अधिग्रहण गरिएका घरजग्गाहरू ३५ दिनभित्र खाली गर्नुपर्नेछ,’ सूचनामा भनिएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- मरिचका बिरुवा बेचेर मनग्य आम्दानी
- राष्ट्र बैंकले एक अर्ब २० करोड मुद्दती निक्षेपमा राख्ने
- राष्ट्रपतिको अपील : घोषित मितिमै निर्वाचन सम्पन्न गराउन सहयाेग गर्नुस्
- राष्ट्रसंघले भन्यो, नेपालको शान्ति र प्रगतिप्रति साथ छ
- नेपालमा नयाँ अन्तरिम सरकार गठनको भारतद्वारा स्वागत
- नयाँ प्रधानमन्त्री सुशीला कार्की, प्रतिनिधि सभा विघटन, फागुन २१ गते बिहीबार निर्वाचन
- भायानेटले इन्टरनेट र viaTV सेवा सामान्य स्तरमा फर्कायाे, भन्याे- ग्राहकहरूले देखाएको धैर्य, बुझाइ, र विश्वासका लागि धन्यवाद
- जेन्जी आन्दोलनका क्रममा मृत्यु भएकाहरूको दाहसंस्कार गरियाे
- जेन जी आन्दोलनमा देशभर ५१ जनाको मृत्यु पुष्टी
- जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३६ पुग्याे
प्रतिकृया दिनुहोस