अर्थतन्त्र

साेमबार सुनकाे मूल्यमा सामान्य वृद्धि, चाँदी स्थिर

काठमाडाैं । नेपाली बजारमा सुनको मूल्य सामान्य वृद्धि भएको छ । हिजो सुनको मूल्य प्रतितोला ९९ हजार २ सयमा कारोबार भएकोमा आज तोलामा ३ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएकाे छ ।   

महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ९९ हजार ५ सय रुपैयाँ पुगेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९९ हजार रुपैयाँ पुगेको छ ।  

आज चाँदीको मूल्य भने स्थिर रहेको छ । हिजो चाँदीको मूल्य प्रतितोला १३७५ रुपैयाँमा कारोबार भएकोमा आज पनि सोहि मूल्य कायम गरिएको महासंघले बताएकाे छ । 

गाउँ सहर संवाददाता