डिजिटल प्रणालीद्वारा जग्गाको नापनक्सा तथा जग्गा प्रशासन सम्बन्धी सेवा प्रवाह निर्देशिका २०७८ जारी
- गाउँ सहर संवाददाता
- ५ चैत शनिबार, २०७८ | ०८:२६:०० मा प्रकाशित

काठमाडाैँ । सरकारले डिजिटल प्रणालीद्वारा जग्गाको नापनक्सा तथा जग्गा प्रशासन सम्बन्धी सेवा प्रवाह निर्देशिका २०७८ जारी गरेको छ ।
बिहीबार भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रालयले उक्त निर्देशिका राजपत्रमा प्रकाशित गरेको हो ।
डिजिटल प्रणाली मार्फत जग्गाको नापनक्सा तथा जग्गा प्रशासन सम्बन्धी सेवालाई सरल, सहज, छिटो, छरितो तथा सेवाग्राहीमैत्री सेवा प्रवाह गर्न निर्देशिका जारी गरिएको मन्त्रालयले जनाएको छ ।
यसअघि नै देशभरका मालपोत कार्यालयबाट अनलाइन सेवा सुरु गरेको भए पनि निर्देशिका तयार भएको थिएन । अब निर्देशिका तयार भएसँगै काममा झनै सहज हुनेछ ।
मन्त्रालयले अनलाइनबाटै सेवा प्रदान गर्न मेरो कित्ता सिस्टमको विकास गरेको छ । जसबाट कित्तानापी नक्सा प्रिन्ट, फिल्डबुक प्रिन्ट, प्लट रजिष्टर प्रिन्ट, फिल्ड रेखांकन, राजस्व भुक्तानी लगायतका काम गर्न सकिने छ ।
मेरो कित्ताबाट सेवा लिन निवेदकले अनुरोध गर्दा आफ्ना नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र र जग्गाधनी प्रमाणपूर्जाको स्क्यान गरी इमेज ढाँचामा अपलोड गर्नुपर्नेछ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
प्रतिकृया दिनुहोस