खेल
यूएईले नेपाललाई दियो १६९ रनको लक्ष्य
- गाउँ सहर संवाददाता
- ४ चैत शुक्रबार, २०७८ | १६:५१:०० मा प्रकाशित

काठमाडाैं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको दोस्रो खेलमा नेपाललाई यूएईले १६९ रनको लक्ष्य दिएको छ ।
लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजको दोस्रो खेलमा टस जितेर पहिलो ब्याटिङ गरेको यूएईले नेपाललाई १६९ रनको चुनौती दिएको हो। नेपालले यूएईलाई ४६ ओभर ३ बल बाँकी हुँदा १६८ रनमा अलआउट गरेको हो ।
शुक्रबारको खेलमा यूएईको ब्याटिङलाई कमजोर बनाउन नेपालका सोमपाल कामीले एक्लै चार विकेट लिए। करण केसीले तीन विकेट लिए भने कप्तान सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी र सागर ढकालले एकएक विकेट लिएका छन् ।
पहिलो खेलमा पपुवा न्युगिनी (पीएनजी)लाई दु्ई विकेटले हराएको नेपाल लगातार दुई जित निकाल्ने लक्ष्यका साथ मैदानमा छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
प्रतिकृया दिनुहोस