गाउँ सहर

लागूऔषध खैरो हेरोइन र गाजाँ सहित एक जना पक्राउ

काठमाडाैं । अवैध लागूऔषध खैरो हेरोइन र गाजाँ सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दुधौली नगरपालिका–९ दुधौली बस्ने काठमाडौं महानगरपालिका ३१ रातोपुल घर भएका २८ वर्षीय रमेश महतो रहेकाे प्रहरीले जानकारी दिएकाे छ ।

दुधौली नगरपालिका–९ दुधौली बजारस्थित स्ट्यान्डर होटलबाट करिब १ ग्राम ९ सय ८० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ र करिब ५५ ग्राम अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ सहित महतोलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । 

रमेशसँग लागूऔषध रहेको भन्ने जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरीले तलासी गर्दा उनको साथबाट उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको जनाएकाे छ । 

गाउँ सहर संवाददाता

तपाईँको मत