स्वास्थ्य

उपत्यकामा थपिए १६ जना संक्रमित

काठमाडाैं । पछिल्लो २४ घण्टामा उपत्यकामा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालय जानकारी दिएकाे छ । 

मन्त्रालयका अनुसार काठमाडौँमा १५ र ललितपुरमा १ जनामा संक्रमण पुष्टि भएको हो ।

बितेकाे २४ घण्टामा देशभर ८२ संक्रमित थपिएका छन् ।

बुधबार २१३ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हाल देशभर ४५७४ जना सक्रिय संक्रमित रहेका छन् ।

बितकाे चौबीस घण्टामा ४ ७९० पीसीआर तथा १ हजार ३८५ एन्टिजेन परीक्षण भएको मन्त्रालयले बताएकाे छ ।

गाउँ सहर संवाददाता