गाउँ सहर

होली पर्व सुरक्षित र व्यवस्थित ढङ्गले मनाउन उपत्यका लक्षित ‘विशेष सुरक्षा योजना’

काठमाडौँ । होली पर्व (फागु पूर्णिमा) सुरक्षित र व्यवस्थित ढङ्गले मनाउनका लागि चैत ३ गते बिहीबारलाई काठमाडौँ उपत्यका लक्षित ‘विशेष सुरक्षा योजना’ जारी गरिएको छ ।

होलीका नाममा अश्लील, उच्छृङ्खल र अप्रिय गतिविधि हुन नदिन महानगरीय प्रहरी कार्यालय रानीपोखरीले उपत्यकामा ३५ सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गरेको हाे ।

जथाभावी लोला हान्ने, पानी छ्याप्ने, ट्राफिक नियमको पालना नगर्ने, मदिरा सेवन (मापसे) गरी सवारी चलाउने, झैझगडा गर्ने र महिलामाथि दुर्व्यवहार गर्नेमाथि कडा कारबाही हुनेछ । यसका लागि सुरक्षा व्यवस्था बलियो पारिएको प्रहरीले बताएकाे छ ।

गाउँ सहर संवाददाता