स्वास्थ्य

उपत्यकामा थपिए १५ जना काेराेना संक्रमित

काठमाडाैं । उपत्यकामा पछिल्लो २४ घण्टामा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएकाे छ । 

मन्त्रालयका अनुसार काठमाडौँमा १३ र ललितपुरमा २ जना संक्रमित थपिएका हुन् ।

देशभर गत २४ घण्टामा देशभर ८३ जना संक्रमित थपिएका छन् ।

आज १३० जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हाल देशभर ४७४६ जना सक्रिय संक्रमित रहेका छन् ।

बितेकाे चौबीस घण्टामा ४७३४ पीसीआर तथा ३१५० एन्टिजेन परीक्षण भएको मन्त्रालयले बताएकाे छ । 

गाउँ सहर संवाददाता