स्वास्थ्य

काेराेना नेपाल अपडेट : थप ८३ जनामा संक्रमण पुष्टि हुँदा १३० जनाले गरे स्वास्थ्य लाभ, मृत्यु शून्य

काठमाडाैं । देशमा पछिल्लो २४ घण्टामा थप ८३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएकाे छ । 

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन । हालसम्म कोरोनाबाट ११९५० जनाकाे दु :खद निधन भएकाे छ । 

मंगलबार १३० जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हाल देशभर ४ हजार ७४६ जना सक्रिय संक्रमित रहेका छन् ।

बितेकाे चौबीस घण्टामा ४७३४ पीसीआर तथा ३१५० एन्टिजेन परीक्षण भएको मन्त्रालयले बताएकाे छ । 

गाउँ सहर संवाददाता