गाउँ सहर

राष्ट्रपति भण्डारी र साउदीका विदेशमन्त्रीबीच शिष्टाचार भेटवार्ता

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसित साउदी अरबका विदेशमन्त्री फैजल बिन फरहान अल साउदले शिष्टाचार भेटावार्ता गरेका छन् । मंगलबार राष्ट्रपति भवन शीतलनिवास पुगी विदेशमन्त्री फैजलले शिष्टाचार भेटवार्ता गरेका हुन् ।

भेटका क्रममा दुई देशबीचको सम्बन्ध, आपसी हित र चासोका विषयमा छलफल भएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।

राष्ट्रपतिसँग भेटपूर्व मंगलबारै सिंहदरबारमा परराष्ट्रमन्त्री डा. नारायण खड्का र साउदी विदेशमन्त्रीले नेपाल र साउदी अरबबीच पारस्परिक सहयोग अभिवृद्धिसम्बन्धी सम्झाैतापत्रमा हस्ताक्षर गरेका थिए ।

गाउँ सहर संवाददाता

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत