साँखुमा नेशनल लाइफ इन्स्योरेन्सको बीमा सचेतना कार्यक्रम
- गाउँ सहर संवाददाता
- २७ फाल्गुण शुक्रबार, २०७८ | ०७:०४:०० मा प्रकाशित

काठमाडाैं । साँखु जेसिजको आयोजना तथा नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको संयोजनमा बीमा सचेतना कार्यक्रम सम्पन्न गरिएको छ ।
कार्यक्रम कम्पनीका क्षेत्रीय प्रबन्धक सुमोद थापाले गरेक हुन् ।
‘’शासन ब्यक्तिको होइन बिधिको हुनुपर्छ‘’ भन्ने शुभ भावनाकासाथ साँखु जेसिजका पदाधिकारी तथा अन्य स्थानीय युवाहरुलाई बीमाबारे जनतेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रम साँखु आसपासका बीमित तथा अभिकर्ताहरुका लागि नेशनल लाइफ प्रति सहज पहुँच स्थापना हुन सकोस् भन्ने उद्देश्यका साथै उक्त स्थानमा नेशनल लाइफको एजेन्सी कार्यालयलाई ब्यवस्थित गर्ने हेतुले उक्त कार्यक्रमको आयोजना गरिएको हाे ।
कार्यक्रममा कम्पनीको काठमाडाैं शाखा प्रमुख जयराम धितालले कम्पनीको बीमाका बिबिध पोलिसीहरु मध्ये अमृत वर्षा र अमृत श्री पोलिसीका बारेमा बिस्तृत प्रकाश पार्नुका साथै उपस्थित सहभागीहरुसँग अन्तरक्रिया गरेका थिए ।
कार्यक्रममा साँखु जेसिजका अध्यक्ष जयराम श्रेष्ठले स्वागत मन्तब्य राख्दै साँखु जेसिजका पदाधिकारी तथा अन्य स्थानीय युवाहरुलाई बीमाबारे जनतेतना अभिवृद्धिले बीमाबारे बुझ्न सहज हुने अपेक्षा व्यक्त गरे ।
जेसीज उपाध्यक्ष सबिना कुइकेलले प्रमुख अतिथी तथा नेशनल लाइफ इन्स्योरेन्स कम्पनीका क्षेत्रीय प्रबन्धक सुमोद थापा लगायत अतिथिहरु काठमाडाैं शाखा प्रमुख जयराम धिताल, चिफ बिजनेश मेनेजर रबिन्द्र राज श्रेष्ठ सिनियर बिजनेश मेनेजर दीपक श्रेष्ठ लगायत बिजनेश मेनेजर जयराम बिडारीलाई खादा ओढ़ाएर सम्मान गरिएको थियो ।
गणेश दुलालद्वारा संचालन गरिएको उक्त कार्यक्रममा कार्यक्रमको बारेमा प्रकाश पार्दै यस्ता कार्यक्रमले बीमा क्षेत्रका भ्रमको निवारण गर्नुका साथै चेतना अभिबृद्धि गर्नमा सघाउ पुर्याउँदै बीमामा सर्वसाधारणको सहज पहुँच पुर्याउन मद्दत पुग्ने आयोजकले जनाएकाे छ । ३० जना सहभागी रहेको उक्त कार्यक्रममा सहभागीहरुले बीमाका बारेमा सचेतनाका यस्ता कार्यक्रमले लाभान्वित भएको बताएका छन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नयाँ प्रधानमन्त्री सुशीला कार्की, प्रतिनिधि सभा विघटन, फागुन २१ गते बिहीबार निर्वाचन
- भायानेटले इन्टरनेट र viaTV सेवा सामान्य स्तरमा फर्कायाे, भन्याे- ग्राहकहरूले देखाएको धैर्य, बुझाइ, र विश्वासका लागि धन्यवाद
- जेन्जी आन्दोलनका क्रममा मृत्यु भएकाहरूको दाहसंस्कार गरियाे
- जेन जी आन्दोलनमा देशभर ५१ जनाको मृत्यु पुष्टी
- जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३६ पुग्याे
- हालसम्म १५६७ कैदीबन्दी र थुनुवा नियन्त्रणमा, अझै १२ हजार ५३३ जना फरार
- यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
- कारागारबाट भागेका ९० कैदीबन्दी पक्राउ
- सुशीला कार्कीलाई अन्तरिम सरकार प्रमुख बनाउने सहमति
- सुरक्षा परिस्थितिको आधार देखाउँदै नेपाली सेनाले उपत्यकामा कर्फ्यू समय थप्याे
प्रतिकृया दिनुहोस