निर्माण व्यवसायी महासंघको अध्यक्षमा पाँच जनाकाे दाैडधुप, कस्ले मार्ला बाजी ?
- गाउँ सहर संवाददाता
- २६ फाल्गुण बिहीबार, २०७८ | १५:१६:०० मा प्रकाशित
काठमाडाैं । नेपाल निर्माण व्यवसायी महासंघको अध्यक्ष बन्नका लागि पाँच जना आकांक्षी देखिएका छन् । नयाँ अध्यक्ष बन्नका लागि हालका अध्यक्ष रवि सिंह, पूर्वअध्यक्ष रमेश शर्मा, वरिष्ठ उपाध्यक्ष निकोलस पाण्डे, पूर्व महासचिव रामशरण देउजा र व्यवसायी हुमनाथ कोइराला अध्यक्षका आकांक्षी देखिएका हुन् ।
फागुन २७, २८ र २९ गते नेपाल निर्माण व्यवसायीको साधारण सभा तथा अधिवेशन हुँदैछ । महासंघको २३ औं साधारण सभा तथा १२ औं अधिवेशन काठमाडौंको कमलादि स्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने भएको हो ।
महासंघको साधारण सभा तथा अधिवेशन प्रधानमन्त्री शेरवहादुर देउवाले उद्धघाटन गर्ने गर्ने तयारी रहेको छ । कार्यक्रममा देशभरबाट १२ सय प्रतिनिधि र १२ सय पर्यपेक्षकको सहभागिता रहने महासंघले जनाएकाे छ ।
अधिवेशनले आगामी समितिमध्ये अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, एसोसिएट सहित ८ उपाध्यक्ष, महासचिव (१) उपमहासचिव (२) कोषाध्यक्ष र सहकोषाध्यक्ष सहित ४६ पदमा निर्वाचन हुनेछ । कार्यक्रम सम्पन्न गर्नका लागि महासंघका अध्यक्ष रवि सिंहको अध्यक्षतामा मूल आयोजक समिति र यस मातहत विभिन्न उपसमितिहरु गठन गरिएका छन् ।
नयाँ आकांक्षीहरुमा मध्ये पाँच जना नै अहिले अध्यक्ष बन्न दौडधुप गरिरहेका छन् । तर, नयाँ आकांक्षीहरुले प्यानल घोषणा भने गरेका छैनन । अध्यक्ष बन्न आकांक्षी देखाएकाहरु मध्ये अधिकांश कांग्रेस निकट रहेको बुझिएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित
- चीनको तिब्बतमा पुन: ड्याम फुट्यो, सतर्कता अपनाउन आग्रह
- आज जनैपूर्णिमा र रक्षाबन्धन पर्व मनाइँदै, यसकारण लगाइन्छ जनै र रक्षाबन्धन
- विपत्तिमा कोटेश्वर क्याम्पसको साथ, बाढीपीडितका लागि ५१ हजार सहयोग
- सर्वदलीय बैठक: १० बुँदे सर्वदलीय संकल्प, उच्चस्तरीय सर्वदलीय संयन्त्र गठन
- भोटेकोशी बाढी प्रभावितका नाममा जथाभावी आर्थिक सहयोग संकलन नगर्न र नगराउन आग्रह
- ‘यो कठिन घडीमा तपाईंहरू एक्लो हुनुहुन्न’ : बाढीपीडितलाई प्रधानमन्त्री शाहको ढाडस
- डीडीसीले सुरु गर्यो घिउ निर्यात
- नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पर्वत कुमार कार्की
- बागमतीमा ६ मन्त्रीले लिए शपथ
प्रतिकृया दिनुहोस