निर्माण व्यवसायी महासंघको अध्यक्षमा पाँच जनाकाे दाैडधुप, कस्ले मार्ला बाजी ?
- गाउँ सहर संवाददाता
- २६ फाल्गुण बिहीबार, २०७८ | १५:१६:०० मा प्रकाशित
काठमाडाैं । नेपाल निर्माण व्यवसायी महासंघको अध्यक्ष बन्नका लागि पाँच जना आकांक्षी देखिएका छन् । नयाँ अध्यक्ष बन्नका लागि हालका अध्यक्ष रवि सिंह, पूर्वअध्यक्ष रमेश शर्मा, वरिष्ठ उपाध्यक्ष निकोलस पाण्डे, पूर्व महासचिव रामशरण देउजा र व्यवसायी हुमनाथ कोइराला अध्यक्षका आकांक्षी देखिएका हुन् ।
फागुन २७, २८ र २९ गते नेपाल निर्माण व्यवसायीको साधारण सभा तथा अधिवेशन हुँदैछ । महासंघको २३ औं साधारण सभा तथा १२ औं अधिवेशन काठमाडौंको कमलादि स्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने भएको हो ।
महासंघको साधारण सभा तथा अधिवेशन प्रधानमन्त्री शेरवहादुर देउवाले उद्धघाटन गर्ने गर्ने तयारी रहेको छ । कार्यक्रममा देशभरबाट १२ सय प्रतिनिधि र १२ सय पर्यपेक्षकको सहभागिता रहने महासंघले जनाएकाे छ ।
अधिवेशनले आगामी समितिमध्ये अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, एसोसिएट सहित ८ उपाध्यक्ष, महासचिव (१) उपमहासचिव (२) कोषाध्यक्ष र सहकोषाध्यक्ष सहित ४६ पदमा निर्वाचन हुनेछ । कार्यक्रम सम्पन्न गर्नका लागि महासंघका अध्यक्ष रवि सिंहको अध्यक्षतामा मूल आयोजक समिति र यस मातहत विभिन्न उपसमितिहरु गठन गरिएका छन् ।
नयाँ आकांक्षीहरुमा मध्ये पाँच जना नै अहिले अध्यक्ष बन्न दौडधुप गरिरहेका छन् । तर, नयाँ आकांक्षीहरुले प्यानल घोषणा भने गरेका छैनन । अध्यक्ष बन्न आकांक्षी देखाएकाहरु मध्ये अधिकांश कांग्रेस निकट रहेको बुझिएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- एनपीएल खेलमा आज सुदूरपश्चिम र पोखराबीच प्रतिस्पर्धा हुँदै
- मौसम पूर्वानुमान: डरलाग्दाे चक्रवात ‘अर्नब’ कहिले भित्रिदैछ नेपालमा ?
- लेखनाथ जेसिजको जेसिज सप्ताह–२०२६, विभिन्न कार्यक्रम हुँदै
- भारी हिमपातको जोखिम : कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न आग्रह
- चितवनको विजयी सुरुवात, विराटनगरको हार
- नेप्से सूचक झिनो अंकले उकालाे, कारोबार रकम साढे ५ अर्ब माथि
- मौलिक संस्कृति संरक्षणको सन्देशसहित ‘गाउँघरै घमाइलो’ सार्वजनिक
- भोटेकोशी बाढीबाट भएको क्षतिमा २० अर्ब ९० करोडको बीमा दाबी, भुक्तानी २३ करोड मात्रै
- एनपीएलको उद्घाटन खेलमा सुदूरपश्चिम ८७ रनमै अलआउट
- कात्तिक १७ र १८ गते भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने
प्रतिकृया दिनुहोस