स्वास्थ्य

मुलुकभर बितेकाे २४ घण्टामा २२४ जनामा काेराेना संक्रमण पुष्टि, मृत्यु शून्य

काठमाडाैं । मुलुकभर  पछिल्लो २४ घण्टामा थप २२४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालय जानकारी दिएकाे छ । 

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन । हालसम्म कोरोनाबाट ११ हजार ९४९ जनाले ज्यान गुमाएका छन् ।

बुधबार २५१ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हाल देशभर ५६९२ जना सक्रिय संक्रमित रहेका छन् ।

बितेकाे चौबीस घन्टामा ६९३६ पीसीआर तथा ३१५६ एन्टिजेन परीक्षण भएको मन्त्रालयले बताएकाे छ । 

गाउँ सहर संवाददाता

तपाईँको मत