शेयर बजार सामान्य अंकले सुधारियाे, कारोबार रकममा पनि सामान्य वृद्धि
- गाउँ सहर संवाददाता
- २३ फाल्गुण सोमबार, २०७८ | १५:२४:०० मा प्रकाशित

काठमाडाैं । नेप्सेमा साताको कारोबारको दोस्रो दिन साेमबार सामाान्य अंकले वृद्धि भएकाे छ । आज नेप्से १.५५ अंकले बढेर दुई हजार ५ सय ४४ दशमलब ९३ विन्दुमा रोकिएको हो । आज २ अर्ब ६० करोड ९ लाख बराबरको कारोबार भएको नेप्सेले जनाएकाे छ ।
नेप्सेका अनुसार आज कारोबार भएका कम्पनीमा ११८ वटा कम्पनी घटेका छन् भने ६६ वटा कम्पनी बढेका छन् । यसमध्ये दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । शेयरमूल्यमा वृद्धि हुने कम्पनीमा वुद्धभुमी नेपाल हाइड्रोपावर र बोटलर्स नेपालको रहेको छ । यस कम्पनीको शेयरमूल्यमा आज ५ प्रतिशतले बढेको छ ।
आज पाँचथर पावर कम्पनीको शेयरमूल्यमा उच्च गिरावट आएको छ । यस कम्पनीको शेयरमूल्य आज ६ प्रतिशतले घटेर प्रतिकित्ता ४१८ रुपैयाँमा झरेको छ । कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्टकोे भएको छ । यस कम्पनीको आज २७ करोड ६९ लाख भन्दा बढीको कारोबार भएको नेप्सेले बताएकाे छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
प्रतिकृया दिनुहोस