पदाधिकारी टुंग्याउन माओवादी केन्द्रीय कमिटी बैठक बस्दै
- गाउँ सहर संवाददाता
- २३ फाल्गुण सोमबार, २०७८ | ०९:४४:०० मा प्रकाशित

काठमाडौं । सत्तारूढ नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कमिटी बैठक आज बस्दै छ । आइतबार बस्न नसकेर सारिएको बैठक आज बिहान ११ बजे बस्ने केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए ।
ढकालका अनुसार बैठकका लागि विभिन्न ६ वटा एजेन्डा तय गरिएको छ । पार्टीको पदाधिकारी, स्थायी समिति, पोलिटव्यूरो र केन्द्रीय सदस्यहरू मनोनीत गर्नेलगायत एजेन्डा छन् ।
शुक्रबारदेखि सुरु भएको बैठकमा एमसीसी सम्झौताका बारेमा अध्यक्ष पुष्पकमल दाहाल र नेता नाराणकाजी श्रेष्ठले धारणा राखेका थिए ।
आजको बैठकमा पदाधिकारी टुंग्याउने नेताहरूको तयारी छ । ११ देखि १८ पुसमा सम्पन्न माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनले पदाधिकारी चयनको अधिकार केन्द्रीय समितिलाई दिएको छ । आठौँ राष्ट्रिय महाधिवेशन पदाधिकारी चयन नै नगरी टुंगिएको थियो ।
२३६ केन्द्रीय कमिटी मात्रै गठन भएको थियो । केन्द्रीय कमिटी बैठकले प्रचण्डलाई पुनः अध्यक्षमा निर्वाचित गरेको थियो । १५ सदस्यीय पदाधिकारीमा अध्यक्षमा मात्रै चयन भएका छन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
प्रतिकृया दिनुहोस