खेल

एक दिवसीय क्रिकेटमा नेपाल पपुवा न्युगिनी खेल्ने

काठमाडौं । नेपालले पपुवा न्युगिनीसँग एक दिवसीय अन्तर्राष्ट्रिय खेल्ने भएको छ ।

क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) का अनुसार आगामी मार्च २५ र २६ मा नेपालले पपुवा न्युगिनीसँग दुइटा एक दिवसीय अन्तराष्ट्रिय खेल खेल्ने छ ।

यसका साथै आगामी मार्च २८ देखि अप्रिल ४ सम्म हुने त्रिदिवसीय अन्तर्राष्ट्रिय टी–२० हुने भएको छ । जसमा नेपाल, पपुवा न्युगिनी र मलेसिया प्रतिस्पर्धा गर्नेछन् । खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुनेछ ।

गाउँ सहर संवाददाता