राजनीति र चुनावमा युवाहरुको हस्तक्षेपकारी भूमिका आवश्यक : लिङ्देन
- गाउँ सहर संवाददाता
- २२ फाल्गुण आइतबार, २०७८ | ०६:४८:०० मा प्रकाशित
..jpeg)
काठमार्डौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले राजनीति र चुनावमा युवाहरुको हस्तक्षेपकारी भूमिका आवश्यक रहेको बताएका छन् ।
‘एकथरी नेताहरु विगत एकतीस वर्षदेखि सत्तामा छन । केही सीमित नेताहरुको प्रभावमा शासन सत्ता चलिरहेको छ । तर, देशको अवस्था ओरालो लाग्दो छ, प्रणाली नै असफल भएको छ,’ राप्रपा अध्यक्ष लिङदेनले भने ।
‘शेरबहादुर देउवा, केपी ओली र प्रचण्डलाई फेरी कति पटक प्रधानमन्त्री बनाए वा कति समय थप दिए देश बन्छ ? कस्तो विकास र परिवर्तन हुन्छ ? यसकारण देशमा विद्यमान निराशा चिर्न युवाहरुले राजनीतिमा हस्तक्षेप गर्नु पर्दछ, चुनावमा हस्तक्षेप गर्नु पर्दछ,’ उनले भने ।
शनिबार राप्रपा केन्द्रीय कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले यस्तो धारणा व्यक्त गरेका हुन् । कार्यक्रमबीच रामेछापका ६३ जना युवाहरुलाई अध्यक्ष लिङदेनले राप्रपामा स्वागत गरेका थिए ।
युवाहरुको साथ सहयोगमा राप्रपाले विकल्प दिने, निष्ठावान र इमान्दार भएर जनअपेक्षा पूरा गर्ने उनले दावी गरे । लिङदेनले भने, ‘राप्रपामा पार्टी प्रवेशको लहर नै चलेको छ । कंचनपुर, जनकपुर, पोखरा, काठमाडौं र झापामा मात्र होइन, राप्रपाको पक्षमा देशव्यापी जनलहर चलेको छ । राप्रपा विकल्प बन्नुपर्छ भन्ने अपेक्षा छ, त्यो हामी पूरा गर्छौं ।’
राप्रपाका प्रवक्ता सगुन सुन्दर लावतीले भने, ‘देशको अर्थतन्त्र रेमीन्टेन्सले धानेको छ । तर, श्रम गरेर देशभित्र धन भित्र्याउने युवाहरु मतदान अधिकारबाट वञ्चित छन् । त्यसैले उन्नत प्रजातान्त्रिक मुलुकहरुमा जस्तो, विदेशमा रहेका नेपाली नागरिकलाई मतदान गर्ने व्यवस्था तत्काल मिलाउनु पर्दछ भन्ने राप्रपाको मान्यता छ ।’
अर्का प्रवक्ता ज्ञानेन्द्र शाहीले देशमा व्याप्त भ्रष्टाचार निर्मूल पार्न दत्तचित्त भएर लाग्ने बताए । स्थायित्व र सन्तुलित परराष्ट्र नीतिका लागि राजसंस्था आवश्यक रहेको बताए ।
मणीराज तामाङको अध्यक्षतामा आयोजित पार्टी प्रवेश कार्यक्रममा केन्द्रीय सदस्यहरु आङछिरिङ शेर्पा र आङनिमा शेर्पाले महाधिवेशनपछि राप्रपामा युवाहरुको असाधारण आकर्षण बढेको बताए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- घुस काण्डमा मुछिएका मन्त्री गुप्तालाई बर्खास्त गर्न गगन थापाकाे माग
- काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७६ करोड ४३ लाख रुपैयाँको बजेट
- आज आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- एनपीएलको अक्सनका लागि खेलाडी दर्ता खुला
- यस्ताे आयाे आगामी आर्थिक वर्ष २०८२/८३ काे माैद्रिक नीति (पूर्णपाठ)
- विवाह गरेर ३० वर्षभित्र तीन सन्तान पाइसक्न प्रधानमन्त्रीको आग्रह
- आज विश्व जनसङ्ख्या दिवस
- आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै
- यस्ताे छ मुलुककाे ११ महिनाकाे स्वास्थ्य अवस्था
- स्थिर रहेकाे नेप्से परिसूचकमा घट्याे काराेबार रकम
प्रतिकृया दिनुहोस