स्वास्थ्य

देशभर अब काेराेनाका ६ हजार ९४७ जना सक्रिय संक्रमित

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ९१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घन्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन । कोरोनाबाट हालसम्म ११ हजार ९४५ जनाले ज्यान गुमाएका छन् ।

शनिबार ३६२ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार गत २४ घण्टामा २ हजार ६६२ पीसीआर तथा २ हजार ५५८ एन्टिजेन परीक्षण भएको छ । साे अवधिमा २ लाख ८६१ जनाले खाेप प्राप्त गरेका छन् ।

हाल देशभर ६ हजार ९४७ जना सक्रिय संक्रमित रहेका छन् ।

गाउँ सहर संवाददाता