माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक शुरू
- गाउँ सहर संवाददाता
- २० फाल्गुण शुक्रबार, २०७८ | १४:०२:०० मा प्रकाशित

काठमाडाैं । नेकपा माओवादी केन्द्रलकाे केन्द्रीय कमिटी बैठक शुरू भएको छ ।
शुक्रवार दिउँसो ११ बजे बस्ने भनिए पनि नेताहरू आन्तरिक छलफलमा भएपछि बैठक ढिला गरी राष्ट्रिय सभागृहमा शुरू भएको हो ।
एमसीसीले उत्पन्न तीव्र विरोधकाबीच माओवादीको बैठक बसेकाे हो । बैठकमा एमसीसीप्रति असहमति जनाउँदै छलफल चलाउने तयारी छ ।
यो केन्द्रीय कमिटीमा समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल र समीक्षाका साथै पार्टी पदाधिकारी चयनबारे छलफल हुने केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए ।
नेता वर्षमान पुन उपचारका लागि चीनमा रहेकोले केन्द्रीय कमिटी बैठक सर्दै आएको थियो । वर्षमान नेपाल फर्किसकेका छन् ।
पदाधिकारीमा को–को हुने भन्ने टुंगो भने लागिसकेको छैन । महासचिव पदमा नेताहरू जनार्दन शर्मा र वर्षमान पुनको मुख्य दाबेदारी छ ।
व्याख्यात्मक घोषणासहित एमसीसी पास गर्ने पार्टीको निर्णयमा नेताहरु नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, देव गुरुङ, गिरिराजमणि पोखरेल, लिलामणि पोखरेल लगायतको फरक मत छ । केन्द्रीय समिति बैठकमा एमसीसीको विषय लिखतरुपमै राख्ने उनीहरुको तयारी छ । तर माओवादीको केन्द्रीय कमिटी बैठक मुख्य प्रयोजन पदाधिकारी चयन रहेको बुझिएको छ ।
११ देखि १८ पुसमा सम्पन्न माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनले पदाधिकारी चयनको अधिकार केन्द्रीय कमिटीलाई दिएको थियो । माओवादीले २४७ सदस्यीय केन्द्रीय कमिटी चयन गरिसकेको छ ।
अब केन्द्रीय कमिटी बैठकले वर्तमान राजनीतिक घटनाक्रमबारे समीक्षा गर्दै पदाधिकारी चयनबारे छलफल गर्ने नेता गणेश साहले जानकारी दिए । माओवादीमा स्थायी कमिटी, पोलिटब्युरो, नेताको जिम्मेवारी बाँडफाँट, केन्द्रीय कमिटीलाई पूर्णता दिन बाँकी नै छ ।
माओवादी केन्द्रमा एक जना अध्यक्ष, एक जना वरिष्ठ उपाध्यक्ष, सात जना उपाध्यक्ष, एक जना महासचिव, दुईजना उपमहासचिव, तीन जना सचिव र एक जना कोषाध्यक्ष रहने व्यवस्था छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बेलिब्रिजको उद्घाटन गर्न प्रधानमन्त्री हुम्ला, जोडियो राष्ट्रिय सडक सञ्जालमा
- ग्लोबल आईएमई समुन्नत योजना–२ को सार्वजनिक निष्काशन र बिक्री खुल्ला
- एएफसी महिला एसियन कप छनाेटकाे नजिक पुगरे चुक्याे नेपाल
- आज यी प्रदेशमा भारी वर्षाकाे पूर्वानुमान, सतर्कता अपनाउनु आग्रह
- नेपालले जित्यो एसीसी यू-१६ इस्ट जोन कपको उपाधि
- वीपी राजमार्गमा थप ३० दिन राति गाडी चलाउन नपाइने
- समयमा काम नगर्ने यी ११ निर्माण कम्पनीलाई कालो सूचीमा राख्ने तयारी
- याे साता शेयरबजार निरन्तर उकालाे, नेप्से परिसूचक २७ सय माथि
- मलेसियाविरूद्ध शानदार जितसँगै नेपाल फाइनल प्रवेश
- नेपालमा एमसीसीलाई निरन्तरता दिने अमेरिकी निर्णय, परियोजना सुचारु
प्रतिकृया दिनुहोस