संसद् भवनअगाडि शंकास्पद वस्तु राखेको आरोपमा यी युवक पक्राउ
- गाउँ सहर संवाददाता
- १८ फाल्गुण बुधबार, २०७८ | १४:३७:०० मा प्रकाशित

काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरस्थित संसद् भवनअगाडि शंकास्पद वस्तु राखेको आरोपमा एकजना पक्राउ परेका छन् ।
महानगरीय अपराध महाशाखाको टोलीले गए राति अनेरास्ववियु क्रान्तिकारीका पशुपति बहुमुखी क्याम्पसका अध्यक्ष सुवास महतलाई पक्राउ गरेको हो । काभ्रेको भुम्लु गाउँपालिका–२ का उनी हाल चाबहिलमा बस्दै आएका थिए ।
केही दिनअघि संसद् भवनअघि शंकास्पद वस्तु फेलापरेको थियो । प्रेसरकुकरमा ‘नो एमसीसी’ लेखेर राखिएको उक्त वस्तु बम भने नभएको नेपाली सेनाको बम डिस्पोजल टोलीले जानकारी दिएको थियो ।
एमसीसी संसदबाट पारित भएपछि त्यसको विरोधमा सोमबार गरिएको नेपाल बन्दको क्रममा संसद भवनअगाडि ‘बम’ राखिएको थियो । प्रेसर कुकरमा ‘नो एमसीसी’ लेखेर राखिएको संकास्पद बस्तु नेपाली सेनाले डिस्पोज गरेको थियो । डिस्पोजका क्रममा कुकरभित्र प्लास्टिक र कागज पाइएको थियो ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
प्रतिकृया दिनुहोस