गाउँ सहर

संसद्‍बाट पारित भएको एमसीसी अनुमोदनलाई स्वीकार, प्रधानमन्त्री, प्रचण्ड र नेपालबीच भेटवार्ता

काठमाडौं । अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) ले व्याख्यात्मक घोषणासहित अनुमोदन गर्ने नेपाल सरकारको निर्णयलाई स्वीकार गरिएको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)ले उल्लेख गरेको छ ।

आफू र नेपाल सरकारबीचको ५० करोड अमेरिकी डलरबराबरको अनुदान सम्झौता नेपालको संघीय संसद्बाट अनुमोदन भएको स्वीकार गर्दै अब कार्यान्वयनको दिशातिर भएको जनाएको छ ।

फागुन १५ गते प्रतिनिधि सभाले एमसीसीलाई व्याख्यात्मक घोषणासहित अनुमोदन गरेको थियो ।

‘एमसीसीले एमसीसी र नेपाल सरकारबीचको ५० करोड डलरको कम्प्याक्टलाई अनुमोदन गर्ने नेपालको संघीय संसदको निर्णयलाई फेब्रुअरी २७ मा स्वीकार गरेको छ,’ एमसीसी मुख्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ । तर, एमसीसीले जारी गरेको विज्ञप्तिमा नेपालले व्याख्यात्मक घोषणासहित गरेको अनुमोदनको विषय भने खुलाएको छैन ।

कम्प्याक्टलाई अनुमोदन गर्ने निर्णयले नेपाल सरकारले आफूलाई सार्वभौमसत्ता सम्पन्न लोकतान्त्रिक राज्यको रूपमा सधैं कायम राखेको प्रष्ट भएकोसमेत एमसीसीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । ‘कम्प्याक्टको अनुमोदनले पाँच वर्षे कार्यक्रमलाई कार्यान्वयन गर्ने दिशामा काम जारी राख्न सक्षम बनाउँछ,’ विज्ञप्तिमा भनिएको छ, ‘जसले बिजुलीको थप भरपर्दो आपूर्ति, कम यातायात लागत र नेपाली जनताका लागि थप रोजगारी सिर्जना गर्न मद्दत गर्नेछ ।’ 

नेपालको उर्जा र सडक विस्तारलाई अघि बढाउने योजनाका साथ नेपाल सरकार र एमसीसीबीच सन् २०१७ मा एमसीसी अनुमोदन गर्ने सहमति पत्रमा हस्ताक्षर भएको थियो। मंगलबार नै अमेरिकी विदेशमन्त्री एन्टोनी जे ब्लिनकेनले नेपालका प्रधानमन्त्री शेरबहादुर देउवालाई एमसीसी पास गरेकोमा आभार प्रकट गरेका थिए। उनीहरुबीच भएको कुराकानीमा अमेरिकी विदेशमन्त्री एन्टोनीले प्रधानमन्त्री देउवालाई सरकारले एमसीसी पास गर्ने निर्णय गरेकोमा आभार प्रकट गरेका थिए । 

‘नेपाल र अमेरिकाबीचको कूटनीतिक सम्बन्धको ७५औं वर्षमा नेपालले अतुलनीय परिवर्तनहरू देखेको छ। एमसीसी र अमेरिकी जनता यी परिवर्तनहरूमा नेपालको साथमा उभिएका छन् र देशलाई विकास सहायता, विपद् प्रतिकार्य र पूर्वतयारी सहायता, स्वास्थ्य र शिक्षा कार्यक्रमहरू र थपमा सहयोग गरेका छन्,’ विज्ञप्तिमा भनिएको छ ।

सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार देउवासँग प्रचण्ड र नेपालले छुट्टा छुट्टै भेटवार्ता गरेका हुन् ।

फागुन १५ गते प्रतिनिधिसभाबाट एमसीसी अनुमोदन भएपछि प्रधानमन्त्रीसँग सत्ता साझेदार दुई दलका अध्यक्षले भेटवार्ता गरेका हुन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत