एमसीसी पारितपछि प्रचण्डकाे जवाफ : गठबन्धन बच्याे, निर्वाचन सुनिश्चितपछि एकताकाे सन्देश
- गाउँ सहर संवाददाता
- १६ फाल्गुण सोमबार, २०७८ | १६:३५:०० मा प्रकाशित

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाबाट एमसीसी पारित भएपछि दलहरूबीच नयाँ एकता भएकाे बताएका छन् ।
आइतबार प्रतिनिधिसभाले अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदन भएसँगै सत्ता गठबन्धनबीच सहकार्यका लागि थप बल पुगेकाे बताए ।
सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले प्रचण्डले एमसीसीको व्याख्यात्मक घोषणा अमेरिकाले स्वीकार गर्नुपर्ने पनि बताए । अध्यक्ष प्रचण्डले संसदबाट पारित गरिएको व्याख्यात्मक टिप्पणी अन्तर्राष्ट्रिय कानून अनुसार एमसीसीको अंग बन्ने दावी गरेका छन् । यो विगतमा महाकाली सन्धिबारेको संकल्प प्रस्तावजस्तो हल्का नभएको उनको भनाइ छ ।
‘अन्तर्राष्ट्रिय कानूनका ज्ञाताहरुले मलाई यस्तो उपाय सुझाएपछि मलाई ‘इन्लाइटेन’ जस्तो भयो । भियना अभिसन्धीअनुसार यसो गर्न सकिने रहेछ । म छ्याङ्ग भएपछि पार्टीमा प्रस्ताव राखेको हुँ’ उनले भने ।
“नेपालको सार्वभौम प्रतिनिधिसभाले त्यो सम्झौता र यो घोषणा एकैपटक पास गरेको छ । दुईवटा अलग–अलग प्रस्ताव बनाएर होइन । यो अभिन्न अंग बनिसक्यो,” प्रचण्डले भने ।
अब स्थानीय तहको निर्वाचन पनि सुनिश्चित भएको उनको भनाइ छ । पत्रकार सम्मेलनमा प्रचण्डले एमसीसी पास हुने कि नहुने भन्ने अन्योलताले स्थानीय तहको निर्वाचन अनिश्चित बनेको उनको भनाइ थियो ।
सत्तारुढ गठबन्धनमै एमसीसी जस्ताको तस्तै अनुमोदन गर्ने कि नगर्ने भन्ने विषयले विभाजनको अवस्थासम्म आइपुगेको थियो । तर, अन्तिममा एमसीसीको व्याख्यात्मक घोषणासँगै आइतबारको प्रतिनिधिसभा बैठकले एमसीसी अनुमोदन गरेको हो । योसँगै अब देश स्थानीय तहको निर्वाचनतर्फ केन्द्रित हुने दलका नेताहरूको भनाइ छ ।
प्रचण्डले एमसीसी पारित भएसँगै गठबन्धन जोगिएको र अब सरकार पनि कायम रहने बताए ।
“यसलाई एउटा निकास दिइएको छ । निकास दिनु अगाडि राजनीतिमा के होला, के नहोला ? गठबन्धन बच्ला नबच्ला ?, यो सरकार बच्ला या नबच्ला भन्ने थियो,” उनले भने,“ अर्को समीकरण बन्ने हो कि भन्ने थियो । हिजोबाट आधारभूत र मुलभुत रुपले अहिलेका लागि ति सबै अन्योलको अन्त्य भएको छ । गठबन्धन कायम रहन्छ । सरकार अघि बढ्छ ।”

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
प्रतिकृया दिनुहोस