एमसीसीलाई पारित गर्ने हतारो गर्नुहुन्न : लिङ्देन
- गाउँ सहर संवाददाता
- १५ फाल्गुण आइतबार, २०७८ | १६:४०:०० मा प्रकाशित

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले एमसीसीलाई पारित गर्ने हतारो गर्न नहुने बताएका छन् ।
उनले अहिले पास गर्नु भनेकाे देशलाई द्वन्द्वमा लैजानु भएको दाबी गरेका छन् ।
आज आइतवार संसदमा बोल्दै अध्यक्ष लिङ्देनले एमसीसीको विषयमा सम्पूर्ण देश नै विवाद र अन्योलमा परेको बेला संसदबाट सामान्य छलफल गरेर यसलाई पारित गर्न खोज्नु आपत्तिजनक रहेको बताए ।
‘यथास्थितिमा यसलाई पारित गर्नु भनेको देशलाई अझ द्वन्द्वमा लैजाने विषय हो । संसदका सबै निर्णय ठीक हुन्छ भन्ने हुँदैन । त्यसैले यस विषयमा सबै राजनीतिक दलहरु गम्भीर बन्नुपर्छ’, लिङ्देनले भने ।
लिङ्देनले भने, ‘जनता सडकमा छन्, सुरक्षा व्यवस्था कडा छ, काँडेतार लगाइएको छ, संसद्को सबैभन्दा ठूलो दल नारा र जुलुसमा छ, पूरै देशको ध्यान केन्द्रित भएको बेला एमसीसी सम्झौता अनुमोदनका लागि पेस गरिएको छ, यो केवल आर्थिक सहायतको विषय मात्र होइन, नेपाली नागरिकलाई नै विभाजित बनाउने विषय भएकाले राष्ट्रिय सहमति खोज्नुपर्छ, यसलाई स्थगन गरेर नयाँ ढङ्गले अघि बढाउनुपर्छ’ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
प्रतिकृया दिनुहोस