एमालेसँग निर्णायक वार्ताअघि कांग्रेस नेताहरु आन्तरिक छलफल गर्दै
- गाउँ सहर संवाददाता
- १४ फाल्गुण शनिबार, २०७८ | १२:४९:०० मा प्रकाशित

काठमाडाैं । एमालेसँग निरन्तर रूपमा छलफलमा रहेकाे नेपाली कांग्रेसका नेताहरु एमसीसीको विषयलाई लिएर आज पनि आन्तरिक छलफलमा जुटेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेरमा कांग्रेस नेताहरुबीच छलफल सुरु हुँदैछ ।
प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की लगायतका नेताहरु बैठकमा सहभागी हुँदैछन् ।
आजै ३ बजे कांग्रेस नेताहरु नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग एमसीसीका विषयमा निर्णायक वार्ता गर्न बालकोट जाने कार्यक्रम रहेको छ ।
यसअघि शुक्रबार पनि उनीहरूबीच छलफल भएको थियो । छलफलमा कांग्रेस सभापति एवं प्रधानमन्त्री देउवा, सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, पार्टी उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र एमालेबाट ओलीकातर्फबाट महासचिव शङ्कर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवालीको सहभागिता रहेको थियो ।
बालकोटस्थित ओली निवासमा आज साँझ भएको भेटवार्तामा उनीहरूबीच संसद् अवरोध हटाउने र संसद्मा टेबुल भएको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सबैको सहमतिमा पारित गर्नेबारेमा छलफल भएको बैठकपछि नेताहरूले जानकारी दिएका थिए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
प्रतिकृया दिनुहोस