राजनीति

बिहीबार बस्ने प्रतिनिधिसभाको सम्भावित कार्यसूची सार्वजनिक

काठमाडाैं । बिहीबार बस्ने प्रतिनिधिसभाको बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको छ । संसद सचिवालयले बिहीबार बस्ने प्रतिनिधिसभाको बैठकको सम्भावित कार्यसूची बुधबार सम्भावित कार्यसूची सार्वजनिक गरेको हो । 

सार्वजनिक गरिएको कार्यसूचीअनुसार कानुन न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूले महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेश गर्नेछन् ।

यस्तै अर्थमन्त्री जनार्दन शर्माले अमेरिकी सहयोग परियोजना एमसीसीमाथि छलफल गर्न प्रस्ताव पेश गर्ने छन् ।

गाउँ सहर संवाददाता