काठमाडाैं । परराष्ट्र मन्त्रालयले युक्रेन भ्रमण स्थगित गरेको छ । मन्त्रालयले बुधबार एक विज्ञप्तिमार्फत अति आवश्यक अवस्थामा बाहेक हाललाई युक्रेन भ्रमण स्थगित गर्न अनुरोध गरेको छ । मन्त्रालयले युक्रेनमा रहेका नेपालीलाई स्वदेश फर्किन आग्रह गरेको छ ।
पछिल्लो समय रुससँगको तनावका कारण युक्रेनमा हिंसात्मक घटना हुन सक्ने भन्दै मन्त्रालयले सचेत हुन आग्रह गरेको छ । मन्त्रालयले अति आवश्यक अवस्थामा बाहेक युक्रेन भ्रमण नगर्न पनि नेपाली नागरिकलाई आग्रह गरेको छ ।
हाल युक्रेन मामिला हेर्दै आएको जर्मनीको बर्लिनस्थित नेपाली दूतावासमा युक्रेनका ३८ नेपाली नागरिक सम्पर्कमा रहेको र उनीहरू सकुशल रहेको पनि परराष्ट्र मन्त्रालयले जनाएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
प्रतिकृया दिनुहोस