प्रतिनिधि सभा

भाेलि बस्ने संसद बैठककाे सम्भावित कार्यसूचीमा एमसीसी परेन

काठमाडौं । भाेलि (आइतबार) प्रतिनिधिसभाको बैठक बस्दै छ ।

सरकारले भाेलि दिउँसो १ बजे बस्ने बैठकमा एमसीसी सम्झौता टेबल गर्ने तयारी गरेको छ ।

तर, संसद् सचिवालयले निकालेको सम्भावित कार्यसूचीमा भने एमसीसी सम्झौताबारे केही उल्लेख छैन ।

सम्भावित कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय समावेशी आयोगको तेस्रो वार्षिक प्रतिवेदन पेस गर्ने मात्रै छ ।

सत्ता गठबन्धनमा सहमति नहुँदा एमसीसी टेबल हुन सकेको छैन । सरकार फागुन १६ गतेभित्र एमसीसीलाई टुङ्गो लगाउनैपर्ने दबाबमा छ ।

गाउँ सहर संवाददाता

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत