विद्यालयकाे नयाँ शैक्षिक : वैशाखमा परीक्षा, जेठदेखि पढाइ
- गाउँ सहर संवाददाता
- ५ फाल्गुण बिहीबार, २०७८ | ०७:०१:०० मा प्रकाशित
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नयाँ शैक्षिक सत्रको पढाइ जेठदेखि सुरु गर्ने भएको छ ।
शिक्षामन्त्री देवेन्द्र पौडेलको अध्यक्षतामा बुधबार बसेको बैठकले जेठ १ गतेदेखि पठनपाठन सुरु गर्ने निर्णय गरेको मन्त्रालयले जनाएको छ ।
गत फागुन ३ गते बसेको बैठकमा विद्यालयले शैक्षिक सत्र २०७९ को नयाँ भर्ना वैशाख महिनामा नै शुरू गरी २०७९ जेष्ठ १ गते देखि नियमित पठन पाठन सुरु गर्ने निर्णय गरिएको हो ।
विद्यालयले २०७९ चैत्र मसान्तभित्र राष्ट्रिय पाठ्यक्रम प्रारूपले निर्दिष्ट गरे बमोजिम पाठ्य घण्टा अनुसारको पठन पाठन तथा सिकाइ क्रियाकलाप एवम् परीक्षा र मूल्याङ्कनका कार्यहरू सकिने गरी स्थानीय तहसँगको समन्वयमा वार्षिक शैक्षिक कार्यतालिका तय गरी कार्यान्वयन गर्नुपर्ने मन्त्रालयले बताएको छ ।
मन्त्रालयका अनुसार चैत महिनाभरि पढाइ हुने र वैशाखमा परीक्षा सञ्चालन हुनेछ । वैशाखमै नतिजा प्रकाशन र नयाँ भर्ना प्रक्रिया पनि अघि बढ्ने छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
प्रतिकृया दिनुहोस